देउवा र दाहालको पुत्ला दहन

काठमाडौं, २ असार । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन । अनेरास्ववियुले दुई नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले सरकारी निर्णयको विरोधमा नाराबाजी गरेका थिए । सरकारले असार १४ गतेका लागि तय भएको स्थानीय तहको चुनाव प्रदेश नम्बर २ मा असोज २ गते गर्नेगरी सारेको छ ।