नेकपाद्वारा उम्मेद्वारहरूको घरमा कालो झण्डा

२०७४ असार ५ गते, सोमबार

काठमाडौं, ५ असार । नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ । स्थानीय चुनावको खारेज गर्दै आएको सो पार्टीले दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत केही सदस्य उम्मेद्वारहरूको घरमा पुरानै संसदीय स्थानीय चुनावमा सहभागी नहुन र उम्मेद्वारी फिर्ता लिन अपील सहित कालो झण्डा गाडेको नेकपा दाङले जनाएको छ ।
यसैगरी , नेपाल कम्युनिष्ट पार्टीले ईटहरी उपमहानगरपालीकाका मेयरको घरमा कालो झण्डा गाडेको छ । नेकपा सुनसरीले हिजो दिउँसो नेकपा एमालेबाट मेयरका उमेदवार द्धारीकालाल चौधरीको घरमा कालो झण्डा गाडेको हो । इटहरीको पकलिचोक नजिकै रहेको चौधरीको घरमा नेकपाले झण्डा गोडेको इटहरी सेक्रेटरी सन्तोशले जानकारी दिए । यसअघि शनिवार नै सुनसरी जनपरिषदले बिज्ञप्ती निकालेर स्थानिय तह निर्वाचनमा सहभागी नहुन र उम्मेदवारी नदिन आग्रह गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]