नेकपा गोर्खाल्याण्डको पक्षमा

२०७४ असार ९ गते, शुक्रबार

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टी ममता बनर्जी सरकारले जबरजस्ती हिन्दी भाषा लाद्न खोजेपछि सुरु भएको दार्जि्लिङको आन्दोलनको पक्षमा उभिएको छ । उसले औपचारिक रुपले नै दार्ज्लिङ खरसाङ, कालेबुङ, मिरिकलगायतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गरेको छ । उसले दार्ज्लिङमा भएको नेपालीभाषीमाथीको दमनको निन्दा गर्दै त्यसको विरुद्ध प्रदर्शन गर्ने भएको छ । नेकपाले असार १२ गत जुलुश सहित लैनचौरस्थित भारतीय दुतावासमा पुगेर दार्ज्लिङ माथी भएको दमनको विरोध गर्दै उनीहरुका माग पुरा गर्न माग गर्ने बताइएको छ । भारतीय दुतावस मार्फत भारत सरकारलाई विरोधपत्र बुझाइने सो कार्यक्रमको नेतृत्व नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गर्ने बताइएको छ ।
कस्को हो दार्जि्लिङ ?
प्रारम्भमा दार्जि्लिङ नेपालको एक भाग थियो। पछि भूटानले यस माथि कब्जा गर्यो । फेरि केही समय पछि सिक्किमले यस माथी कब्जा गर्यो । १८औं शताब्दीमा पुनस् यसलाई नेपालले कब्जा गर्यो। तर नेपालले यस माथि धेरै समयसम्म अधिकार राख्न सकेन । सन् १८१७ मा अङ्ग्रेज(नेपाल युद्धमा भएको हार पछि नेपालले यो भाग ईस्ट इंडिया कम्पनीलाई सुम्पनु पर्यो । आफ्नो रणनैतिक महत्व तथा तत्कालीन राजनैतिक स्थितिको कारण सन् १८४० तथा ५०को दशकमा दार्जि्लिङ एउटा युद्ध स्थलको रूपमा परिणत भएको थियो । त्यस समय यो ठाँउ विभिन्न देशको शक्ति प्रदर्शन स्थल बनिसकेको थियो । पहिला तिब्बतका मानिस यहाँ आए। त्यसपछि यूरोपिय मानिसहरू आए । यसपछि रुसका मानिसहरू यहाँ बसे । यी सबलाई अफगानिस्तानका अमीरले त्यहाँदेखि खेदेका थिए । यो राजनैतिक अस्थिरता त्यसबेला समाप्त भयो जब अफगानिस्तानका अमीर अङ्गेजहरूसँग भएको युद्धमा हारे । यसपछि यसमा अङ्ग्रेजहरूको कब्जा थियो। पछि यो जापानी, कुमितांग तथा सुभाषचन्द्र बोसको इंडियन नेशनल आर्मीको पनि कर्मस्थल बन्यो । स्वतन्त्रता पछि ल्हासाबाट भागेका बौद्ध भिक्षु यहाँ आएर बसे । यस बेला, दार्जि्लिङ पश्चिम बंगालको एक भाग हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]