सुकुम्बासीहरुलाई शक्ति प्रदर्शन गर्न आह्वान

२०७४ असार १० गते, शनिबार

काठमाडौं, १० असार । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष अाेम प्रकाश पुनले यस पटकको चुमाबमा नाे भाेट वा भाेट बहिष्कार भनी देशभरी अभियान चलाउन र अाफ्नाे शक्ति प्रदर्शन गर्न भूमिहीन सुकुम्बासीहरुलाई अपिल गरेका छन । उनले अहिलेको कथित चुनावमा सबै जसाे उम्मेदवारहरु कथित संसदीय ब्यवस्थाका दलाल पार्टीहरूले काेहि पनि निम्न र भूमिहीन सुकुम्बासी बर्गकाे नउठाई ठेकेदार , ब्यापारी , पैशावाल, दलाल र पहुचवाला मात्रै उठाएकाेले यसबाट हामी भूमिहिन सुकुम्बासी काे हित हुने कुनै संभावना नभएको ठोकुवा गरेका छन । अध्यक्ष अाेम प्रकाश पुनले चुनाव जितेको भाेलिपल्ट देखि नै कथित स्मार्ट सिटि बनाउने नाममा सुकुम्बासीको थाँत थलाे उठिबास गराउने खेल शुरु हुने भएकोले पनि चुनाब खारेज अभियानमा सबैले साथ् दिनुपर्ने बताएका छन ।
यस बिषयमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष अाेम प्रकाश पुनले जारी गरेको अपिल यस प्रकार रहेको छ – “नेपालका करिब ६० लाख घरपरिवार भूमिहीन सुकुम्बासीहरु अहिले पनि देशभित्रै अान्तरिक सरणार्थी काे रुपमा रहेका छन् । नागरिकता छ तर जग्गा धनी पुर्जा छैन, कतिपय मधेसी , जनजाति र दलितको त नागरिकता पनि छैन जसका कारण राज्यकोषबाट पाउने सम्पूर्ण सेवा सुबिधाबाट हामी भूमिहीन सुकुम्बासीहरु बन्चित हुनु परेकाे छ र हाम्रो नाममा अाएकाे सेवा सुबिधा पनि जग्गा जमिन नाममा भएको हुनेखाने बर्गले लिईरहेकाे छ । उल्टै हाल सम्म बनेका संसदीय ब्यबस्थाका सरकारहरुले हामीलाई याे वा त्यो बहानामा उठिबास लगाउदै अाएकाे छ । अहिले देशमा कथित स्थानीय चुनावको नाटक भैरहेको छ र त्यसमा पनि हामी भूमिहीन सुकुम्बासी का समस्या काेहि पनि दलले उठाएका छैनन् बरु कथित बिकासकाे नाममा हामी सहर बजारको छेउ, खाेला नाला र जंगलको छेउमा बसेका सुकुम्बासी भूमिहिनहरुलाई पुनः उठिबास गराउने एजेन्डाहरु पेश गरिरहेका छन् । चुनावमा हामीलाई भाेट बैककाे रुपमा प्रयोग गर्न केही दलाल पार्टीका कार्यकर्ताले पूर्बकाे धरान उपमहानगरपालिका तिर पार्टीको चुनाव चिन्ह राखेको नक्कली लालपुर्जा बाँडेको खबर पनि अाएकाे छ भने सुदुरपश्चिमकाे धनगढी उपमहानगरपालिका अन्तरगत तारानगरका भूमिहीनहरुलाई लालपुर्जा काे कुरा गर्दा उल्टै दलहरूले धम्काएकाे खबर मिडियामा अाएकाे छ । सर्लाहीमा यहि चुनावको बिचमा पुनः सुकुम्बासी बस्ती उजाड पारिरहेको खबर छ । कथित चुनावमा अाज सबै जसाे उम्मेदवारहरु कथित संसदीय ब्यवस्थाका दलाल पार्टीहरूले काेहि पनि निम्न र भूमिहीन सुकुम्बासी बर्गकाे नउठाई ठेकेदार , ब्यापारी , पैशावाल, दलाल र पहुचवाला मात्रै उठाएकाेले यसबाट हामी भूमिहिन सुकुम्बासी काे हित हुने कुनै संभावना छैन । बरु चुनाव जितेको भाेलिपल्ट देखि नै कथित स्मार्ट सिटि बनाउने नाममा हाम्रो थाँत थलाे उठिबास गराउने खेल शुरु हुने छ । त्यसकारण सम्पूर्ण भूमिहिन सुकुम्बासीहरुले पूर्जा देउ भाेट लेउकाे नारालाई अघि सारेर हाल सम्म हामीले तिमीहरूलाई नगद भाेट दियौं तर तिमीहरूले हामीलाई अहिलेसम्म उदाराे राख्यौं , अब हामी उदाराे तिमी नगद गर अनि जसले हाम्रो हातमा जग्गा धनी पुर्जा देला अर्को चुनावमा उसैलाई भाेट हालाैला , यसपटकलाई नाे भाेट वा भाेट बहिष्कार भनी देश भरी अभियान चलाउन र अाफ्नाे शक्ति प्रदर्शन गर्न हामी अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समिति काे तर्फबाट सम्पूर्ण भूमिहीन सुकुम्बासीहरुमा हार्दिक अपिल गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]