थबाङमा जनसरकार

काठमाडौ, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको थबाङमा जनसारकार घोषणा गरेको छ । उसले थबाङ गाउँपालिका स्तरको जनभेला गरेर जनसरकार घोषणा गरेको बताएको छ । नेकपाका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख सन्तोस बुढामगरको प्रमुख आतिथ्यमा भएको सो भेलाले थबाङ कै चर्चित अजम्बरी जनकम्युनका प्रमुख किताब घर्ती प्रमुख, जितबहादुर रोका– उपप्रमुख, प्रवक्ता – हितप्रसाद रोका ‘विप्लव’ र सदस्यहरु दलबहादुर घर्ति, राजबहादुर पुन, दलित प्रतिनिधि सिर्जना मिजार, पुरन परियार, महिला प्रतिनिधि विमला झाँक्री र ४ जना सदस्य रिक्त रहेको १७ सदस्यीय थबाङ जनसरकार घोषणा गरेको बताएको छ । भेलाले जनसरकारको नीति र कार्यक्रम गाउँ अधिवेशनद्वारा छिट्टै घोषणा गर्ने जनाएको छ । १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको । सो कार्यक्रमको अध्यक्षता किताब घर्ति, सञ्चालन जितबशहादुर रोकाले गरेको बताइएको छ ।