नेकपाको आधिकारिक वेभसाइट सार्वजनिक

२०७४ असार १२ गते, सोमबार

काठमाडौ, १२ असार । नेपाल कम्युनिस्ट पार्टीले पार्टीको आधिकारिक वेभसाइट सार्वजनिक गरेको छ । पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले आज सो वेभसाइट सार्वजनिक गरेका हुन् । वेभसाइटको नाम thecpn.org रहेको छ । सो कार्यक्रममा बोल्दै नेता कञ्चनले नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियता, स्वाधीनता र समृद्धिको लागि राजनीतिक संघर्ष चलाइरहेको परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई पार्टीको गतिविधिबारे तुरुन्त जानकारी दिने उद्देश्यले वेभसाइट संचालन गरिएको बताए । विश्वमा साम्राज्वादी दलालहरुको सत्ता मरणसन्न अवस्थाउन्मुख भइरहेको बेला क्रान्तिकारीहरुको विचार र आवाजलाई जनतासामू लैजान वेभसाइटको महत्व ठूलो भूमिका रहने विश्वास नेता कञ्चनले बताए । सञ्चार माध्यमको क्रान्तिकारी भूमिकाले क्रान्तिलाई गतिशीलता दिने र जनतालाई क्रान्तिकारीको पक्षमा गोलबन्द हुन सकारात्मक भूमिका खेल्दै एकीकृत जनक्रान्तिको सेवा गर्ने बताएको छ ।
वेभसाइटमा पार्टीको दस्तावेज, विज्ञप्ति, कार्यक्रमलगायत गतिविधिहरुलाई राखिनेएको छ । पार्टीको गतिविधिलाई नियमित रुपमा अपडेट गर्ने साथै संचारमाध्यमले पनि यसैबाट आवश्यक सामाग्री लिन सकिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]