शंकास्पद वस्तु हटाउन खोज्दा नेकपाका कार्यकर्ता सहादत

२०७४ असार १३ गते, मंगलवार

काठमाडौ, १३ असार । शंकास्पद वस्तु हटाउन खोज्दा नेकपा धनगढीका कार्यकर्ता चन्द्रबहादुर सिह मृत्यू भएको छ । पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरि घरतर्फ फर्कनेक्रममा धनगढीको जिएच एण्ड सन्स होटेलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेलपछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक बिस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उनको सहादत भएको हो ।
यस बिषयमा नेकपाका पीबीएम तथा सेम ब्युरो कमान्ड इन्चार्ज ओमप्रकाश पुनले जारी गरेको प्रेस बज्ञाप्ति यस परका रहेको छ – “कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ सि गाउँ निवासी चन्द्रबहादुर सिह ‘कमरेड सनराइज’ यही २०७४ असार १२ गते बेलुका १० बजे बेवारिसे बम पन्छाउन खोज्दा बिस्फोट भै कैलालीको धनगढीमा सहादत्त भएको खबरले हामीलाई निकै मर्माहत बनाएको छ ।
पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरि घरतर्फ फर्कनेक्रममा धनगढीको जिएच एण्ड सन्स होटेलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेलपछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक बिस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उहाँको रातको करिब ११ बजे सहादत भएको छ । कथित स्थानीय चुनावको खारेजी अभियानमा खटिरहनुभएका हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी, कैलालीका जिल्ला सदस्यसमेत रहेका कर्मठ कमरेड सनराइजको सहादततले हाम्रो पार्टीलाई अपूरणीय क्षति भएको छ भने परिवारजनमा गहिरो शोक र दुःख परेको छ । यस शोकको घडीमा परिवारजनलाई धैर्य धारण गर्न र पार्टी पंक्तिलाई संयमित हुन सेती–महाकाली ब्युरो कमान्ड हार्दिक अपील गर्दछ ।
कथित स्थानीय चुनावको बहानामा संसदवादी दलाल सरकारले अहिले हाम्रो पार्टीलाई अघोषित प्रतिबन्ध लगाएको र पार्टीका नेता कार्यकर्तालाई गैर–कानुनी धरपकड गरिरहेको अवस्थामा हामीले पार्टीको तर्फबाट सहादत कमरेड सनराइजको दाहसंस्कारलगायतको प्रक्रियामा सहभागी हुन कठिनाई भएकोले परिवारजनमा क्षमा माग्दै हाम्रो सिङ्गो पार्टी कमरेड सनराइजको सम्मान र उहाँले देखाएको एकीकृत जनक्रान्तिको मार्गमा अविचलित रूपमा अघि बढ्ने र उहाँको सपना साकार पार्ने दृढ प्रतिबद्धता जाहेर गर्दछ ।
साथै, संचार मिडियामा आफैँले बोकेको बम पड्किएर मृत्यु भएको भन्ने भ्रामक समाचारको खण्डन गर्दै विरोधीहरुको उक्साहट र भ्रममा नपर्न परिवारजनमा हार्दिक अनुरोध गर्दछौँ । हामी क्रान्तिको महान् प्रक्रियामा छौँ, हाम्रा विरोधीहरुले उचालेर प्रहरीले परिवारको तर्फबाट हाम्रा केही नेता कार्यकर्ताको नाममा मुद्दा हाल्न लगाइँदैछ भन्ने पनि सुन्नमा आएकोले त्यस्तो गैर–क्रान्तिकारी र अराजनीतिक गतिविधि कसैले पनि नगर्न र नगराउन पनि सचेत गराउँदछौँ ।
अन्तमा सिंगो पार्टी–पंक्तिका कामरेडहरु यो शोकलाई शक्तिमा बदल्न कथित स्थानीय चुनावको नौटंकी गर्दै अघि बढेको दलाल सत्तालाई खारेज गर्ने अभियानमा दृढतापूर्वक अघि बढ्न आह्वान गर्दै सहादत प्राप्त गर्ने कमरेड चन्द्रबहादुर सिह ‘कमरेड सनराइज’ प्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक संवेदना ब्यक्त गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]