असार १६ र १७ मकवानपुर बन्द

काठमाडौ, १३ असार । नेपाल कम्युनिस्ट पार्टीले असार १६ र १७ गते मकवानपुर जिल्ला बन्दकाे घाेषणा गरेकाे छ । नारायणी ब्युरोले मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला लगायतका नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै जिल्ला बन्द काे अाह्वान गररेकाे हाे ।नारायणी ब्युरो ईन्चार्ज चिरन पुनले आज बिज्ञप्ती जारी गरी बन्द सहितका संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो । यस्तै नेकपाले १४ र १५ गते प्रचारप्रसार तथा जनकारबाही गर्ने पनि घोषणा गरेकाे छ ।
यस बिषयमा नेकपाका नारायणी व्यूरो ईन्चार्ज चिरन पुनले जारी गरेको प्रेस विज्ञप्ती :
मिति २०७४ असार १३ गते मकवानपुर जिल्लाको हेटौडा बजारबाट हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नारायणी व्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज क. ज्वाला र मकवानपुर जिल्ला सचिवालय सदस्य क. शोम घलानलाई प्रहरीले विना कारण गिरफ्तार गरेको छ । भने त्यसै गरि मकवानपुर जिल्ला सचिवालय सदस्य क. दिलिप स्याङ्तानलाई पनि केहि दिन अघिबाट गिरफ्तार गरि हिरासतमा राखिरहेको छ ।
अहिले देशभर प्रहरी÷प्रशासनले विनाकारण हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, अनावश्यक झुट्टा मुद्धामा फसाउने, जेल हाल्ने, षडयन्त्र मुलक ढंगले अनावश्यक धरौटी तोक्ने, तारिक दिने, घर परिवारलाई अनावश्यक मानसिक तनाव दिने जस्ता निलज्र्ज गतिविधीहरु बढाई रहेको छ । प्रहरी÷प्रशासनको यसप्रकारको गतिविधी हाम्रो पार्टीको लागी कुनै हालतमा पनि स्वीकार्य छैन । दलाल सत्ताका मतियारहरुले के कुरा बुझ्न आवश्यक छ भने जनताको न्यायपूर्ण आन्दोलन दमन गरेर रोकिने छैन, बरु झनै त्यसले जनतालाई उर्जा पैदा गर्ने र दलाल सत्तालाई नाङ्गोझार पार्नेछ ।
हाम्रो पार्टी विनाकारण गिरफ्तार गरिएका जिल्ला ईन्चार्ज क. ज्वाला, मकवानपुर जिल्ला सचिवालय सदस्य क. शोम घलान र जिल्ला सचिवालय सदस्य क. दिलिप स्याङ्तानलाई विना सर्त रिहाई गर्न जोडदार माग गर्दछ । प्रहरी ÷प्रशासनको यस प्रकारको रवैया प्रति घोर भत्र्सना गर्दै निम्न अनुशार संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएका छौ । हाम्रो यो न्यायपूर्ण संघर्षको कार्यक्रमलाई सहगोग र समर्थन गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदाय प्रति हार्दिक अनुरोध गरिन्छ ।
संघर्षका कार्यक्रमहरु ः
१. ्२०७४ असार १५ गते (भोली) जिल्ला भर प्रचार÷प्रसार ।
२. जिल्ला व्यापी जन कारवाहीलाई तिर्वता दिने ।
३. २०७४ असार १६ र १७ गते मकवानपुर जिल्ला वन्द गर्ने ।
यदि नछोडिए यो भन्दा उच्च संघर्षको कार्यक्रम गर्न वाध्य हुनेछौ ।”