नेकपाद्वारा कोशी बन्द गर्ने चेतावनी

२०७४ असार २० गते, मंगलवार

काठमाण्डौ ,२० असार । नेपाल कम्युनिष्ट पार्टीले २५ गते कोशी बन्द गर्ने बताएको छ । उसले बिना कारण पक्राउ परेका आफ्ना नेता कार्यकर्ता तत्काल रिहा नगरे असार २५ गते कोशी बन्द गर्ने बताएको छ । कोशी ब्युरो ईन्चार्ज नविनले आज बिज्ञप्ती निकालेर देशभरबाट बिना कारण नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरि झुठा मुद्धा लगाउने कार्य गरेकोप्रति गम्भिर ध्यानकर्षण भएको भन्दै पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका हुन् । मोरङबाट सडकमा हिडिरहेको र घरबाट नै गिरफ्तारमा परेका नेकपा कोशी ब्युरो सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)का केन्द्रिय सचिव ईन्दिरा मिश्र लगायत पाचँ जना नेता कार्यकर्तालाई हालसम्म नछाडेको भन्दै आगामि २३ गते भित्र रिहा गर्न पनि बिज्ञप्तीमार्फत माग गरिएको छ । पक्राउ परेका सबै नेता कार्यकर्ता रिहा नभए आगामि असार २५ गते कोशी ब्युरो अन्तरगतका सबै जिल्ला बन्दको घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]