‘क्रान्तिकारीहरुको लागि जेल लडाइँको मोर्चा’

२०७४ असार २६ गते, सोमबार

काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले क्रान्तिकारी कम्युनिस्टहरुको लागि जेल लडाइँको मोर्चा हुने गरेको बताएका छन् । “राज्यले आफ्नो कायरता देखाउँदै क्रान्तिकारीहरुलाई जेलमा लिन्छ तर हाम्रो लागि जेल पनि लडाइँको मोर्चा हो” पुनले भने ।
चुनाव खारेज अभियानको क्रममा जेल जीवन बिताएर छुटेका नेता–कार्यकर्ताहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता पुनले राज्यको विरोधमा जेल बन्दी बन्नु गौरवको विषय भएको बताए । उनले आफ्नो पार्टीको अभियान विफल पार्न सरकारले देशभरबाट नेता कार्यकर्ता गिरफ्तार गरेको तर आफूहरुलाई थप ऊर्जा मिलेको बताए ।
पार्टीका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले राज्यले नेता कार्यकर्तालाई गलाउन हिरासतमा लगेको तर क्रान्तिकारीलाई झनै स्पात बनाउने बताए । पार्टीका डोटी इन्चार्ज विवेक कुमाल,अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विमल धामी, केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विक, गणेश कार्की, झलक बिक,जनक धामीलगायतलाई सम्मान गरिएको थियो । – उन्‍नती चौधरी

प्रतिक्रियाहरु

[anycomment]