आज नेपाल बन्द

२०७४ असार २७ गते, मंगलवार

काठमाण्डौ , २७ असार । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको गिरप्तार गरिएका नेता र कार्यकर्तालाई विनाशर्त स–सम्मान रिहा नगरेको भन्दै आज नेपाल बन्द गरेको छ । उसले नेपाली क्रान्ति र आफ्नो पार्टीका विरुद्ध देउवा सरकारको जनार्दन गृह प्रशासनले गरेको निरंकुश दमनका विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सिङ्गो पार्टीपंति र आम नेपाली जनतामा समक्ष विशेष अनुरोध समेत गरेको छ ।
नेकपाको बन्दको कारण राजधानी लगायत देशका विभिन्न क्षेत्रमा यातायात , बिद्यालय तथा कलकारखाना बाद रहेका छन । यसैबीच, नेकपाका कार्यकर्ताहरुले चितवनका पोेखरा बसपार्क, टाँडी, पर्शालगायत विभिन्न ६ ठाउँमा बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनलाई तोडफोड गरेका छन् । चितवनमा विहानैदेखी बन्दको ब्यापक प्रभाव परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]