प्रेसमाथिको हमला तत्काल बन्द गर्न चेतावनी

२०७४ असार २७ गते, मंगलवार

काठमाण्डौ , २७ असार । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रेसमाथिको हमला तत्काल बन्द गर्न चेतावनी दिएका छन । प्रवक्ता प्रकाण्ड आज एक विज्ञाप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । उनले देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई माथ गर्ने गरी आज विहानै संचार जगतमाथि हमला गरेकोमा आपत्ति जनाउदै रातो खबर साप्ताहिक र रातो खबर अनलाईनका निर्देशक अनिल शर्मालगायतका सम्पूर्ण नेता कार्यकर्ताको रिहाको जोडदार माग गरेका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” कथित स्थानीय चुनाबको वहानामा हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी जनयुद्धकालमा माओवादी जनयुद्ध दमन गर्न तयार गरेको कानून लगाएर झुट्टा मुद्दामा फसाउने र दमन गर्न गरिएको राज्यको षड्यन्त्रका विरुद्ध आज असाढ २७ गते पार्टीले संघर्षको नेपाल बन्द कार्यक्रम आयोजना ग-यो । देउवा सरकारको जनार्दन गृह प्रशासनले रातो खबर साप्ताहिक र रातो खबर अनलाईनका निर्देशक अनिल शर्मालाई आज एकाविहान ७ः३० बजे बागवजार पत्रीकाको कार्यालयबाट गिरफ्तार ग-यो । जनगणतान्त्रीक मञ्चका इञ्चार्ज मकर गुरुङ, मञ्चका अध्यक्ष रत्न मगर लगायत ४ जनालाई बागवजार कार्यालयबाट गिरफ्तार ग¥यो । विद्यार्थी नेता पूर्णबहादुर सिंह लगायत दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई मात गर्ने गरी आज विहानै संचार जगतमाथि हमला ग-यो । यो निरंकुशतावादी दमनको पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ । प्रेसमाथिको हमला तुरुन्तै रोकी गिरफ्तार अनिल शर्मालगायत सम्पूर्ण नेता कार्यकर्ताको रिहाको जोडदार माग गर्दछ । ”

प्रतिक्रियाहरु

[anycomment]