माओवादी केन्द्रमा तालाबन्दी

२०७४ श्रावण १७ गते, मंगलवार

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)को कार्यालयमा तालबन्दी गरिएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य जनक घर्तीको समूहले कार्यालयमा तालबन्दी गरि छाप र लेटरप्याड नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरुले मंगलबार विहानै खलंगास्थित सल्यान जिल्लाको पार्टी कार्यालयमा ताला लगाउँदै छाप र लेटरप्याड कब्जा लिएका हुन् नेता घर्तीले जिल्ला समन्वय समितिमा अाफूलाई उम्मेदवारी दिनु पर्ने बताउँदै अाएका थिए ।
पार्टीले हरिबहादुर बुढाथोकीलाई अाधिकारिक उम्मेदवार बनाएको छ । घर्तीले बुढाथोकीको विरोध गर्दै अाएका थिए ।
स्थानीय चुनावमा सल्यानका नेताहरु दुई समूहमा विभाजन भएका थिए । त्यसैको बदला भावका कारण जिससको उम्मेदवारी दर्ताको दिन तालाबन्दी गरिएको एक नेताले बताए ।

प्रतिक्रियाहरु

[anycomment]