‘पोखरा सस्तो बजारका व्यापारीहरुको माग तत्काल पुरा गर ‘

काठमाडौँ , १७ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पोखरा सस्तो बजारका व्यापारीहरुको जायज माग तत्काल पुरा गर्न आग्रह गरेका छन । प्रवक्ता प्रकाण्डले आज एक विज्ञाप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले पोखरा सस्तो बजारका व्यापारीहरुको जायज माग र त्यसको निम्ति गरिएको संघर्षको जोडदार समर्थन गरेको बताउदै गृह प्रशासनले व्यापारी र बजारमाथि गरेको हस्तक्षेप तुरुन्त बन्द गर्न र थुनामा राखिएका व्यापारी द्वय शिव खनाल र चन्द्र बहादुर नेपालीलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन । साथै उनले सरकार र गृह प्रशासनले बजार एवं व्यापारीहरुमाथिको हस्तक्षेप र नेपाल वायू सेवा निगम तथा ठेकदारको लुट रोकेन भने आफ्नो पार्टी साना व्यापारीको पक्षमा उभिदै कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” पोखरा पृथ्वी चोक स्थित सस्तो बजारमाथि देउवा सरकार र त्यसको गृह प्रशासनले गरेको हस्तक्षेपबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) विगत ५ वर्ष देखि पोखराका फूटपाथ व्यापारीहरुले पृथ्वी चोकको सस्तो बजारमा व्यापार–व्यवसाय गरेर आफ्नो जीविका चलाउदै आएको कुरा सर्वविदितै छ । २१७ जना फूटपाथ व्यापारीहरुले प्रतिव्यक्ति ३-४ लाख लगानी गरी सस्तो बजारलाई अहिलेको अवस्थामा पु¥याएका थिए । नेपाल वायू सेवा निगमको स्वामित्वमा रहेको जमीनमा अवस्थित उक्त बजारको कूल भाडा ४९ हजार रुपंैया व्यापारीहरुले तिर्दै आएका थिए ।
२) व्यापारीहरुले गरेको बजार–व्यवस्थापन र बजारको विकाश भएपछि राज्य र भ्रष्ट तत्वहरुले टेण्डर प्रणालीको वाहानामा व्यापारीहरुबाट सस्तो बजार खोस्ने षड्यन्त्रको रुपमा राजु गोरखालीको बुवा–आमाको नाममा रहेको सूर्य डिल प्रा.लि.लाई ११ लाख मासिक भाडा लिने सर्तमा टेण्डरमा दिए । शुरुमा ४९ हजार पछि ६३ हजार भाडा तिरी राखेका व्यापारीहरुलाई टेण्डरको वाहानामा ११ लाख तिर्नु पर्ने वाध्यता सृजना गरेपछि व्यापारीहरुले त्यो अस्वीकार गरे र आन्दोलित भए ।
३) टेण्डर प्रथा खारेजी गर्नु पर्ने, बजारको भाडा सिधै नेपाल वायू सेवा निगमलाई बुझाउने व्यवस्था हुनु पर्ने र ठेकदार प्रथाको नाममा व्यापारीमाथिको लुट खारेज गर्नु पर्ने लगायतका माग राखेर व्यापारीहरुले संघर्ष गर्दा जनार्दन गृह प्रशासनले दमन ग¥यो । दमनमा ५ जना व्यापारीहरु घाईते भए भने ५-६ जना व्यापारीहरु गिरफ्तार गरिए । जसमा शिव खनाल र चन्द्र बहादुर नेपाली १ महिना देखि अझै थुनामा छन । गृह प्रशासनले बजारको मूल ढोकामा ४ वटा ताल्चा लगाएको एक महिना भैसक्यो । तालावन्दीले बजार भित्रका कुखुरा कराई–कराई मरे भने फलफूल र तरकारी सडेर गयो । बजार खण्डहरमा परिणत गराईएको छ ।
४) सस्तो बजार र त्यहाँका साना व्यापारीहरुका विरुद्धको षड्यन्त्र सरकारका दलाल तथा भ्रष्ट मन्त्री, नेपाल वायू सेवा निगमका MD, गृह प्रशासक र ठेकदारको मिलिमगतमा गरिएको कुरा प्रष्ट हुन आउछ । हाम्रो पार्टी यस कु–कार्य, हस्तक्षेप र दमनको घोर निन्दा एवंं भ्रत्सना गर्दछ ।
५) हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पोखरा सस्तो बजारका व्यापारीहरुको जायज माग र त्यसको निम्ति गरिएको संघर्षको जोडदार समर्थन गर्दछ । गृह प्रशासनले व्यापारी र बजारमाथिको हस्तक्षेप तुरुन्त बन्द गरोस्, थुनामा राखिएका व्यापारी द्वय शिव खनाल र चन्द्र बहादुर नेपालीलाई छिटै रिहा गरियोस । लुट र ठगीको कुत्सित उद्देश्यले बजार र साना व्यापारीहरुमाथि लादिएको ठेकदारी एवं टेण्डर प्रथालाई खारेजी गरी व्यापारीले सिधै नेपाल वायू सेवा निगमलाई भाडा बुझाउने व्यवस्था गरियोस् । यथाशक्य बजार र व्यापार–व्यवसाय संचालन हुने वातावरण बनाईयोस् । यदि सरकार र गृह प्रशासनले बजार एवं व्यापारीहरुमाथिको हस्तक्षेप र नेपाल वायू सेवा निगम तथा ठेकदारको लुट रोकेन भने हाम्रो पार्टी साना व्यापारीको पक्षमा उभी कडा संघर्षमा प्रवेश गर्ने विषय समेत प्रष्ट पार्न चाहान्छ । ”