इन्जिनियरिङ अध्ययन सस्थानलाई दलाल मुक्त क्षेत्र घोषणा

काठमाडौँ , १८ साउन । नेकपा निकट अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन सस्थान (IOE)लाई दलाल मुक्त क्षेत्र घोषणा गरेको छ । उसले चिकित्सा र इन्जिनियरिङ शिक्षालाई शैक्षिक दलालहरुले कब्जा गर्न खोजेको भन्दै त्यस्ता दलालहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । सोही कार्यक्रम अनुरुप क्रान्तिकारीले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान ( IOE )मा शैक्षिक दलालहरुलाइ निषेधित क्षेत्र घोषणा गरेको हो । IOE पुलचोकवाट सम्बन्धन प्राप्त कलेज तथा आङ्गिक क्यामपसमा ईन्जीनेरिङ शिक्षा हासिल गर्न देशै भरीवाट प्रवेश परीक्षा दिन आएका विधार्थीहरुलाई केन्द्रीत गरेर भारत लगाएत विदेशी शैक्षिक सस्थाहरुले IOE को परिसर वाहिर प्रचा पमप्लेट बाढेको भन्दै विदेशी सस्थाका एजेन्टहरुलाई प्रतिवाद गरेको अखिल क्रान्तिकारी प्राविधिक विभागका प्रमुख लोकेश विश्वकर्माले बताए।
प्रतिवाद पछी उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रविधिक विभाग प्रमुख विश्वकर्माद्वारा व्यक्तव्य जारी गरिएको छ। विश्वकर्माद्वारा जारी व्यक्तव्यमा वर्तमान दलाल संसदीय राज्य व्यवस्थाले शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता माथि व्यापार र घिनलाग्दो दलाली गरिरहेको छ । नेपाली विद्यार्थी आफ्नै मुलुकमा गुणस्तीयर प्राविधिक शिक्षा अध्ययन गरी राष्ट्रलाई सेवा गर्न लालाहित छन् । दुर्भाग्य सत्तासिन शासकहरुले नीतिगत रुपमा नै बारवन्देज लगाउँदै वर्षेनी हजारौं विद्यार्थी र अरवौं पुँजी पलायन गराइ रहेका छन् । यही गतिविधि केही समय कायम रहेमा हाम्रा विश्वविद्यालयहरु विद्यार्थी विहिन बन्ने विकराल परिस्थिती निजिकिदै छ ।
हाम्रो संगठनले शिक्षा क्षेत्रमा रहेका सयौं थरीका मुकुण्डोधारी दलालहरुको निरन्तर निगरानी गरिरहेका छ । पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी जुनसुकै आवरणमा नेपाली युवा विद्यार्थी र अभिभावक माथि गरिने शोषण एवं दोहनको प्रतिरोध गरिने छ । राज्यको दलाल चरित्रको फाइदा उठाउँदै विदेशी शैक्षिक संस्थाका प्रतिनिधि हाम्रै शैक्षिक संस्थाका आँगनसम्म आउने कुरा किमार्थ सह्य हुन सक्दैन ।
त्यसैले आजको मिति देखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र कलेजहरुमा प्रचार प्रसार या परामर्शको नाममा कुनै पनि हर्कत नगर्न सम्वन्धित पक्षलाई अन्तिम चेतावनी दिन चाहन्छौं । साथै सीप मूलक प्राविधिक शैक्षिक (चिकित्सा र इन्जिनियरिङ्ग) क्षेत्रहरुलाई दलाल मुक्त क्षेत्र घोषणा गरिएको छ । यदि कुनै पनि वर्दि र वहानामा यस्ता खाले गतिविधि कायम रहे भने शैक्षिक लुटपाट विरुद्ध निर्मम संघर्ष सहित झम्टिने अन्तिम चेतावनी दिन चाहन्छौं भनिएको छ।