अस्थायी शिक्षकहरु अनसनमा

२०७४ श्रावण २० गते, शुक्रबार

काठमाडौं, २० साउन । आस्थायी शिक्षकहरु पुन अनसनमा बसेका छन् । गत असार ९ गते शिक्षा मन्त्रालयसँग भएको चार बुँदे सहमतिअनुसार ऐन संशोधन प्रक्रिया अघि नबढेको र परीक्षामा असफल हुनेलाई औषधि उपचारसहित उचित क्षतिपूर्ति दिन अर्थ मन्त्रालयले अस्वीकार गरेपछि उनीहरु पुनःआन्दोलित भएका हुन् । शिक्षक सेवा आयोगको परीक्षा नजिकिदै गर्दा परीक्षा सार्नुपर्ने भन्दै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बाराका अस्थायी शिक्षक राजेश राम अनसनमा बसेका छन् । परीक्षा सार्नुपर्ने मागसहित अनसन बस्न काठमाडौँ आएका आस्थायी शिक्षकहरुले शिक्षा ऐन (आठौँ संशोधन) मा नवौँ संशोधन गरी सबै अस्थायी शिक्षकको रोजगारी सुनिश्चित गराएर मात्र परीक्षाको अर्काे मिति तोकिनुपर्ने माग राखेका छन् । आन्दोलनको लागि दुई हजार पाँच सय शिक्षक काठमाडौँमा भेला भएका छन् । हाल २६ हजार १५१ अस्थायी शिक्षक कार्यरत छन् ।

प्रतिक्रियाहरु

[anycomment]