नेकपाद्वारा उद्धार र राहतको कार्यमा लाग्न पार्टी पंक्तिलाई विशेष निर्देशन

२०७४ श्रावण २९ गते, आईतवार

काठमाडौँ , २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले बाढी, पहिरो र डुवानको समस्यावाट जोखिमीमा रहेका जनताको यथाशक्य उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापन गर्न सरकारसंग जोडदार माग गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले आज एक विज्ञाप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले राज्य र त्यसका संचालकहरु जनताप्रति उत्तरदायी नहुदा जनताले आफ्नो आधारभूत आवश्यकताको दैनिक परिपूर्तिका निम्ति प्रति दिन र प्रति घण्टा जोखिमीसंग खेल्न वाध्य हुनु परेको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले यो विपतको घडीमा पीडित जनताहरुको उद्धार र राहतको कार्यमा सक्रियता र दृढतापूर्वक लाग्न सिङ्गो पार्टी पंक्तिलाई विशेष निर्देशन समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “देशमा तीन चार दिन अगाडिबाट भैराखेको अविरल वर्षा र त्यसले पु-याएको क्षतिबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) विगत केही दिन देखि देशमा भिषण वर्षा भैराखेको छ । उक्त वर्षाका कारण बाढी, पहिरो र डुवानको समस्या आतंकपूर्ण भएको छ । बाढी, पहिरो र डुवानका कारण सुनसरी, सर्लाही, बाँके, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, दाङ, वर्दिया, बारा, मकवानपुर, पाल्पा लगायत देशैभरी तीन दर्जन भन्दा बढी नागरिकहरुले ज्यान गुमाई सकेका छन् । सयौंको संख्यामा जनता र हजारौंको संख्यामा गाउँ वस्तिहरु डरलाग्दो गोखिममा छन् । ठूलो संख्यामा धन सम्पति र भौतिक पूर्वाधारहरुको क्षति भएको छ । अतिवृष्टिका कारण ज्यान गुमाउनु हुने नेपाली ज्ञात अज्ञात नागरिकहरु प्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँका आफन्तजनहरुलाई शोकलाई शक्तिमा बदल्न विशेष आग्रह सहित गहिरो समवेदना व्यक्त गर्दछ । सम्पती र भौतिक पूर्वाधारको क्षतिबाट पारिवारीक पीडासंग जुधी रहनु भएका जनताहरुप्रति पार्टी एक्यवद्धता जाहेर गर्दछ । जोखिमीमा रहेका जनताको यथाशक्य उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापन गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।
२) राज्य र त्यसका संचालकहरु जनताप्रति उत्तरदायी नहुदा जनताले आफ्नो आधारभूत आवश्यकताको दैनिक परिपूर्तिका निम्ति प्रति दिन र प्रति घण्टा जोखिमीसंग खेल्न वाध्य हुनु परेको छ । जनताको वास असुरक्षित एवं जोखिमीपूर्ण छ, जनता भोकै, नाङ्गै बाँच्न विवस छन । शिक्षा, स्वास्थ्य र रोजगारी एकादेशको कथा भएको छ भन्ने कुरा शासकहरुले नदेख्दा र नसुन्दा प्राकृतिक विपत्ती आउदा अकल्पनीय धन जनको क्षिति देशले बेहेर्नु पर्छ । वडो विडम्वना विकशित राष्ट्रहरु समुन्द्रमाथि वस्ती वसाउछन, नेपालमा जनता वसेको वस्ती डुवानमा परेर जनता मर्छ । राज्य र शासकहरु जनताका नहुनु यसको मुल कारण हो । यसर्थ अब नेपाली जनतालाई आफ्नो राज्यसत्ता र शासन व्यवस्था रातारात चाहिन्छ ।
३) यो विपतको घडीमा पीडित जनताहरुको उद्धार र राहतको कार्यमा सक्रियता र दृढतापूर्वक लाग्न सिङ्गो पार्टी पंक्तिलाई पार्टी केन्द्रीय कार्यालय विशेष निर्देशन गर्दछ । ”

प्रतिक्रियाहरु

[anycomment]