सुकुम्बासी संघद्वारा उद्दार र राहातमा खट्न अपिल

२०७४ श्रावण ३२ गते, बुधबार

काठमाडौँ , ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले बाढी, पहिरो र डुवानको समस्यावाट जोखिमीमा रहेका जनताको उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापनमा जुट्न अपिल गरेको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, केन्द्रीय समितिका अध्यक्ष अाेमप्रकाश पुनले आज एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
यस बिषयमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, केन्द्रीय समितिका अध्यक्ष अाेमप्रकाश पुनले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “अहिलेकाे बाढी , पहिरो र डुबानबाट सबैभन्दा बढी पिडित भूमिहीन सुकुम्बासीहरु भएका छन् । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष चमनलाल माझी लगायत देशभरका हजारौं सुकुम्बासीहरु घरवारविहीन भएका छन् । त्यसकाे लागि संघको तर्फबाट दुख र संवेदना प्रकट गर्दछौं । एउटा चिनिया बिद्वानकाे भनाइ अनुसार भुकम्पले धनीलाई सताउछ भने बाढी पहिरो र हुरीले गरिबलाई सताउछ भने झै अहिले नेपालमा बाढी पहिरोले पिडित हुनेहरु अधिकांश गरिबहरु नै छन् । गरिबहरुकाे याे बिचल्लीमा दलाल शासक र हुने खानेहरु हेलिकप्टरमा शयर गरिरहेका छन् र पिडितहरु अाकासबाट हेलिकप्टरले खाना खसाल्छ कि भनेर हेरिरहेका छन् । संकलित राहात पनि माग नअाएकाेले नपठाएको गैरजिम्मेवार अभिब्यक्ति दलाल सरकारका सचिवहरूले मन्त्रालयमा बसेर दिईरहेका छन् । यश दुखद घडीमा हाम्रो संगठन अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका सबै नेता, कार्यकर्ता र सदस्यहरू बाढी पिडितहरुकाे उद्दार र राहातमा प्रतिबद्ध भएर खट्न हार्दिक अपिल गर्दछु । हामी संघको तर्फबाट देशभरिकाे क्षतिकाे बिवरण संकलन पनि गरिरहेका छाै । त्यसकाे लागि punomprakash@gmail.com मा बिवरण पठाई सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु । ”

प्रतिक्रियाहरु

[anycomment]