नेकपाका उपत्यका विशेष ब्यूरो इन्चार्ज गिरफ्तार

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीका उपत्यका विशेष ब्युरो ईन्चार्च माईला लामालाई गिरफ्तार गरेको छ । आज दिउँसो चावहिलबाट बैठक बसिरहेको बेला पक्राउ गरेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए ।
कार्कीले विनाका कारण गिरफ्तार गरेको भन्दै अापत्ति जनाएका छन् । ‘राज्यले शान्तिपूर्ण राजनीति गर्न समेत अवरोध गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको छ, यसमा पार्टी घोर अापत्ति जनाउँछ’ कार्कीले भने । उनले विना सर्त रिहा नगरे कडा अान्दोलनमा जाने चेतावनी दिएका छन् ।