सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न चेतावनी

२०७४ भाद्र २ गते, शुक्रबार

काठमाडौं, २ भदौ । नेपाल कम्युनिस्ट पार्टीले सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न चेतावनी दिएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै “मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ” भने झै सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न कडा चेतावनी दिएका हुन् । प्रवक्ता प्रकाण्डले विना कुनै कसुर कार्यक्रम स्थलबाट गिरफ्तार गर्ने र रामवृक्ष यादव स्मृति सभामाथि आक्रमण गर्ने सरकार र माओवादी केन्द्रको रवैया १० वर्षको जनयुद्धका मुल्य मान्यता, क्रान्तिकारी कम्युनिस्ट शक्ति, सच्चा गणतन्त्रवादी, राष्ट्रवादी शक्ति र नेपाली क्रान्तिका विरुद्ध साम्राज्यवादी डिजाईनमा दलाल सरकार र माओवादी केन्द्रको हमला भएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इञ्चार्ज माईला लामा र धनुषाको वर्मजियावाट गिरफ्तार गरिएका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इञ्चार्ज सन्देश, देव नारायणलगायतलाई निशर्त रिहा नगरे र आक्रमणकारी तत्व तथा गुण्डागर्दी गर्ने जल्लादहरुमाथि कारबाही नगरे पार्टी सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” १) हिजो चावहिलमा विद्यार्थी संगठनको कार्यक्रमबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इञ्चार्ज क.माईला लामालाई देउवा–प्रचण्ड गठबन्धन सरकारको गृह प्रशासनले अनाहक अपराधिक शैलीमा कब्जामा लिई सोह्रखुट्टे प्रहरी कार्यालयमा बन्दी बनाएको छ । सरकार र गृह प्रशासनको हाम्रो पार्टीका विरुद्धको जंगली शैलीको हमला निरंकुशताको पराकाष्ठ र आग्रही पूर्वाग्रही मानसिकताको उपज भएको कुरा पुष्टि हुन आउछ ।
२) मधेशका क्रान्तिकारी नेता क.रामवृक्ष यादवको स्मृतिसभा हाम्रो पार्टीले आज वर्मजियामा आयोजना ग¥यो । कार्यक्रम आयोजना स्थलमा आज विहान मञ्चको तयारी गरी राखेको बेला माओवादी केन्द्रका महादेव यादवको नेतृत्वमा आएको समुहले तोडफोड र अवरोध ग¥यो । स्मरण होस् हाम्रो पार्टीका नेता क.सन्देश र माओवादी केन्द्रका विश्वनाथ शाहाबीच भाद्र २ गते २ बजेको समयसम्म हाम्रो पार्टीले र २ बजे भन्दा पछि माओवादी केन्द्रले वर्मजियामा कार्यक्रम गर्ने अग्रिम सहमति भएको थियो । विवाद पछि वर्मजियामा दुवै पार्टीले कार्यक्रम नगर्ने अन्य स्थानमा गर्ने सहमति भयो । हाम्रो पार्टीका कमरेडहरुले वर्मजिया भन्दा पूर्व १ किलोमिटर दुरीको नहर भन्ने ठाउँमा कार्यक्रमको तयारी गर्न थाल्नु भयो । माओवादी केन्द्रका मातृका यादव र महादेव यादवको नेतृत्वमा आएको लठेत जत्थाले कार्यक्रम तयारी स्थलमा हाम्रा कमरेडहरुमाथि आक्रमण ग¥यो । मातृका यादव आफैले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इञ्चार्ज क.सन्देशमाथि आक्रमण गरे । माओवादी केन्द्रको गिरोहको आक्रमणमा परि क.सन्देश पौडेल, क.धमील लगायतका दर्जन भन्दा बढी कमरेडहरु घाईते हुनु भएको छ । त्यसपछि उल्टै जनार्दन प्रहरी प्रशासनले क.सन्देश, केन्द्रीय सदस्य क.देवनारायण शाहा, ब्यूरो सदस्यहरु क.धमिल, क.राजु कार्की, क.लक्ष्मण पौडेल र पार्टी कार्यकर्ता क.आईडियललाई गिरफ्तार गरी तावेला ईलाका प्रहरी कार्यालयमा बन्दी बनाएको छ ।
३) चाबहिलबाट क.माईला लामा र वर्मजियाबाट क.सन्देश, क.देवनारायण शाहा लगायतका कमरेडहरुको गिरफ्तारी देउवा सरकारको जनार्दन गृह प्रशासनको आततायी र फाँसिष्ट चरित्रको पराकाष्ठ हो । उक्त गिरफ्तारी र हाम्रो पार्टी कार्यक्रममाथिको आक्रमणको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरफ्तार कमरेडहरुको शिघ्र रिहाको जोडदार माग गर्दछ ।
४) विना कुनै कसुर कार्यक्रम स्थलबाट गिरफ्तार गर्ने र रामवृक्ष यादव स्मृति सभामाथि आक्रमण गर्ने सरकार र माओवादी केन्द्रको यो रवैया १० वर्षको जनयुद्धका मुल्य मान्यता, क्रान्तिकारी कम्युनिस्ट शक्ति, सच्चा गणतन्त्रवादी, राष्ट्रवादी शक्ति र नेपाली क्रान्तिका विरुद्ध साम्राज्यवादी डिजाईनमा दलाल सरकार र माओवादी केन्द्रको हमला हो । पार्टी यसलाई पुरै खारेज गर्दछ । “मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ” भने झै दलाल सरकार र माओवादी केन्द्रलाई हाम्रो पार्टी प्वाँख नउमार्न कडा चेतावनी पनि दिन्छ ।
५) क.माईला लामा र धनुषाको वर्मजियामा गिरफ्तार गरिनु भएका क.सन्देश, क.देव नारायण लगायतका कमरेडहरुलाई सरकारले निशर्त रिहा नगरे र आक्रमणकारी तत्व तथा गुण्डागर्दी गर्ने जल्लादहरुमाथि कारबाही नगरे पार्टी सशक्त आन्दोलनमा उत्रिने छ । त्यसको परिमाण के हुन्छ सरकार र माओवादी केन्द्रले अनि थाहा पाउने छ । निकम्मा र पराजीत भैसकेको दलाल सरकार र माओवादी केन्द्रले नेपाली जनता, राष्ट्र, कम्युनिस्ट क्रान्तिकारी र नेपाली क्रान्तिसंग जोरी खोज्नु भनेको दुस्साहसपूर्ण मृत्यु बाहेक अरु हुने छैन मात्र आज वा भोली । ”

प्रतिक्रियाहरु

[anycomment]