‘सिंहदरबारमा जनताले बम हान्छन्’’

काठमाडौं, २० भदौ । सरकार नेतृत्वबाटै राष्ट्रियता र सावैभामिकतालाई कमजोर पार्ने काम भएको भन्दै जनस्तरबाटै सरकारको चर्को आलोचना शुरु भएको छ । आलोचना सरोकार पक्ष, संघसंस्था हुँदै सडक बहस स्तरसम्मा आइपुगेको छ । सोमबारको सडक अन्तक्रियामा विभिन्न क्षेत्र विज्ञ र नागरिक अगुवाहरुले समेत सरकारको खुलेर विरोध गरे । त्यसमा नौ वाम पार्टीहरुले साथ दिएका छन् ।
आजको शान्तिबाटिका आयोजित अन्तत्र्रिmयामा बोल्ने वक्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणमा गएर नदी, सीमाना र सुरक्षा नीति नै बिक्री गरेको संगिन आरोप लगाए । आक्रोशित हुँदै भने ‘अब सिंहदरबार बम हान्नुको विकल्प छैन ।’ बम हान्ने भन्नुको आसय थियो प्रचण्ड, बाबुराम, माधवकुमार, ओलीदेखि अहिले देउवा सरकारले भारतसँग गरेका राष्ट्रविरोधी र जनविरोधी सम्झौता र सहमति खारेज गर्नुपर्ने भन्ने थियो ।
अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका नेता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले देशले अब भारतसँगको राष्ट्रघाती सन्धि–सम्झौता र सहमति धान्न नसक्ने भन्दै त्यसलाई खारेज गर्न सिंहदरबारमा बम हान्नुको विकल्प नरहेको बताए ।
‘देशले अब राष्ट्रघाती सन्धि–सम्झौता धान्न सक्दैनन् भन्ने कुरा देशभक्त नेपालीले राम्ररी बुझिसकेका छन् । राष्ट्रघातीहरु सिंहबारमा बस्छन् भन्ने पनि बुझेका छन् । हेर्दै जानुस्, अब जनताले सिंहदरबार बम हान्नेछन्’ नेता वास्तोलाले आक्रोशित हुँदै भने । प्रधानमन्त्री देउवाले भ्रमणका दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कोसीमा उच्च बाँध बाँध्ने, अरुण तेस्रो र पञ्चेश्वर परियोजनालाई अहिलेकै अवस्थामा बनाउने सहमति गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै सबै सहमति खारेज गर्न माग गरे ।
खारेज नगरे जनताले आफै खारेज गर्न संघर्ष छेड्ने चेतावनी दिए । खोरेजीका लागि जस्तोसुकै स्तरको संघर्षको नेतृत्व गर्न नेपाल कम्युनिस्ट तयार रहेको समेत बताए । विदेशी दलालभन्दा खतरनाक नेपाली संसदीय व्यवस्थाका दलाल शासक वर्ग भएको उनको जिकिर छ । ती दलाल शासक अहिले पनि सिंहदरबार र बालुवाटारमा रहेको बताए । नेता वास्तोलाले कालापानी र लिम्पियाधुराबाट भारतीय सेना लेखट्ने दिन धेरै टाढा नभएको बताउँदै त्यहाँका भारतीय सेनालाई हटाएर राष्ट्रको हितमा काम गरेर देखाउ प्रधानमन्त्री देउवालाई चुनौति दिए । साथै उनले विदेशीको पैसाले गराउने कुनै प्रकारको चुनाव आफ्नो पार्टीले कहिल्यै स्वीकार नगर्ने र नेपाली जनतालाई स्वीकार नगर्न आग्रह गरे ।
नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी मैनालीले प्रधानमन्त्री देउवा मात्र राष्ट्रघाती सम्झौता गर्नेमा एक्ला नभएको बताए । बाबुरा भट्टराई, झलनाथ खनाल, प्रचण्ड, माधवकुमार नेपाल, केपी ओलीलगायत सबै प्रधानमन्त्रीले भारतसामू राष्ट्रियताको बारेमा आत्मसमर्पण गरेको वृतान्त सुनाए ।
कार्यक्रम नौ वाम पार्टीले आयोजना गरेका थिए । सोही अवसरमा सिमाविद् बुद्धिनारायण श्रेष्ठ, परराष्ट्रविद् हिराण्यलाल श्रेष्ठ, जलस्रोतविज्ञ दीपक ज्ञवाली, जलस्रोतविज्ञ डा. गोपाल शिवाकोटी ‘चिन्तन’लगायतले प्रधानमन्त्री देउवाले पनि विगतका प्रधानमन्त्रीहरुले जस्तै व्यक्तिगत र पार्टीको स्वार्थपूर्तिका लागि भारतमा गएर राष्ट्रघाती सम्झौता गरेको बताए । कोसीमा उच्च बाँध बाँध्न, अरुण तेस्रो, माथिल्लो कर्णालीलगायत आयोजनाहरु बनाउन भारतलाई कुनै हालतमा दिन नहुने बताउँदै दिएमा देशमा अशान्ति मच्चिने परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रम नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल), नेकपा (माले), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र जनसमाजवादी पार्टी नेपालले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रममा आयोजक सबै पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवाले भारत भ्रमणमा दिल्लीमा गरेका ४६ बुँदे सहमतिमा सम्मिलित भारतको स्वार्थमा नेपाल र नेपालीको विरुद्धका बुँदाहरुमा हस्ताक्षर गरेर राष्ट्रियतालाई दाऊमा हालिदिएको भन्दै आक्रोश व्यक्त गरे ।