चुनाब बहिस्कारको क्रममा मृत्यु भएका परिवार र घाइतेहरुलाई सम्मान

काठमाडौं, २० भदौ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोटमा बृहत जनसभा जनसभा गरेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा हत्याकाण्ड भएको कालीकोट जिल्ला नरहरीनाथ गाउँपालीका माल्कोट सेरापाटामा जनसभाको आयोजना गर्न लागिएको हो । जनसभालाई कम्युनिष्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवत्ता प्रकाण्ड लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । सो जनसभाको प्रत्यक्षप्रशारण रेडियो मिर्मिरे ८९.४ मेगाहर्जले गरि रहेको छ ।
यसैबीच , आज बिहान नेपाल कम्युनिष्ट पार्टीले चुनाब बहिस्कारको क्रममा मृत्यु भएका परिवार र घाइतेहरुलाई सम्मान गर्दै राहत बितरण गरेको छ । महासचिव विप्लवले म्र्त्यु भएका परिवारलाई रु. तिस हजार र घाइतेहरुलाई रु. दश हजारका दरले आर्थिक सहयोग गर्दै चुनाब बहिस्कारको क्रममा मुख्य भूमिका खेल्ने व्यक्ति हरुलाई सम्मान गरेका छन भने आजै बिहान महासचिव विप्लवले शहिद स्म्र्तिती सभा हलको शिलान्यास समेत गरेका छन ।