‘प्रचण्ड कुकुरको पुच्छर हुन् ‘

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता प्रकाण्डले प्रचण्ड कुक्कुरको पुच्छर भईसकेकाले आफुहरुले उनलाई त्यागेको बताएका छन । आज कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आयोजित जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले प्रचण्ड तत्कालिन १० बर्षे जनयुद्धपछि कुक्कुरको पुच्छार जस्तै बाङगो बनेको र आफुहरुले सिधा पार्न खोज्दा नसकिएपछि आफुहरु त्यहाँबाट अलग भएको बताए । उनले प्रचण्डलाई चार बर्ष सिधा पार्न खोजेको तर सफल नभए पछि आफुहरु बाहिरिएको बताए । साथै उनले तत्कालिन जनयुद्ध हाकेका प्रचण्ड बाबुराम सत्तामा पुग्न देशी बिदेशी शत्तिका अगाडि लम्पसार परेर हिडेको ठोकुवा गरे ।
आफ्नै टाउको मुल्य पचहत्तर लाख तोक्ने शेरबहादुर देउवाको टाङमा पसेर एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले सत्तामा टासिएर बसेको बताउदै प्रवक्ता प्रकाण्डले असफल संसदिय ब्यावस्थाको अन्त्य गर्दै नेपालमा राज्यसत्ता जनताको हातमा नआएसम्म क्रान्ति जारी रहने उदघोष गरे । उनले न्यायमुलक र समानतामुलक समाज निर्माण गर्ने लक्ष अझै पुरा नभएको बताए ।
प्रवक्ता प्रकाण्डले नेकपासँग जनताको सेना रहेको भन्दै दलाल संसदिय ब्यावस्था र दलाल सत्ताका बिरुद्धमा निरन्तर लड्ने र एकिकृत जनक्रान्ति सफल बनाएर नै छाड्ने दाबी गरे । उनले नेपालमा बैज्ञानिक समाजबाद थापनाका लागी जनताको अधिकार प्राप्तीका लागी एकिकृत जनक्रान्तिमा सबै जनतालाई साथ दिन अपिल समेत गरे । पार्टीले सन्चालन गरेको स्थानीय तह निर्वाचन खारेजी अभियानलाई तुहाउन , सुराकि गरेर नेता कार्यकर्ता पक्राउ गर्न नेकपा माओवादीका नेता कार्यकर्ताले प्रहरी प्रशासनले सहयोग गरेको पनि उनले ठोकुवा गरे ।, उनले भने , हाम्रा बिरुद्धमा दमन र षड्यन्त्र गरे त्यसको नयाँ ढङगले प्रतिकार गर्ने छौ । दलाल र भ्रष्टचारीले अहिले चिहान खनिरहेको भन्दै उनले अब त्यहि चिहानमा उनीहरुलाई पुर्न तयार हुनुपर्ने बताए ।