फार्मेसी काउन्सिलका अध्यक्षलाई कालोमोसो

काठमाडौँ, ११ असोज। योङ फर्मासिष्ट ग्रुप(YPG) नेपालले फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाइलाई कालोमोसो दलेको छ । योङ फर्मासिष्ट ग्रुपले हिजो अपरान्ह ४.३० बजे काउन्सिलका अध्यक्ष हुमागाइलाई उनकै कार्यकक्षमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ । अध्यक्ष हुमागाइमाथि मापदण्ड नपुगेका शिक्षण सस्थाहरुलाइ आर्थिक प्रलोभन परि सम्बन्धन दिन स्वीकृति दिएको र मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्स र भ्याली कलेज अफ टेक्निकल साइन्सको सम्बन्धन नवीकरण,स्थानान्तरण र अध्यन-अध्यापन स्विकृतिको लागि २०/२० लाख घुस लिएकोलगायतका झन्डै एक दर्जन आरोप लगाइएको छ । यस बिषयमा योङ फर्मासिष्ट ग्रुप(YPG) नेपालले जारी गरेको प्रेस बक्तब्य यस प्रकार रहेको छ –
“फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाइलाइ कार्वाही किन?
१. नेपाली विद्यार्थीलाई (स्वदेशमा होस या बिदेशमा अध्यन गरेको) अनिवार्य परिक्षा दिनु पर्ने बाध्यकारी प्राबधान बनाएको तर indian लाई बिना परिक्षा दर्ता प्रमाणपत्र दिएको ।
२.मापदण्ड नपुगेका शिक्षण सस्थाहरुलाइ आर्थिक प्रलोभन परि सम्बन्धन दिन स्वीकृति दिएको ।
३.मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्स र भ्याली कलेज अफ टेक्निकल साइन्सको सम्बन्धन नवीकरण,स्थानान्तरण र अध्यन-अध्यापन स्विकृतिको लागि २०/२० लाख घुस लिएको ।
४. कथित औषधि ब्यापारिहरु सङ्ग मिलि फर्मासिष्टहरुको पेशागत हित विपरीत काम गर्ने गरेको । केही फर्मासिष्टहरुले पाएको राम्रो सेवा सुविधा कटौती गर्ने देखि लिएर जागिर बाट निकाल्न लगाको ।
५. गलत मनसाय बोकि पटक पटक विभिन्न चोर बाटो हुँदै फार्मेसी काउन्सिलमा नियुक्ति लिने गरेको । (ज्वाइँ जेठान भर्ती केन्द्र बनाउन खोजेको )
६. मोटो रकम असुली गरि परीक्षा केन्द्र मिलाउने , प्रश्न पत्र किन बेच गर्ने लगायतका अवाञ्छित गतिविधि गरि विद्यार्थी पास गराउने गरेको ।
७. निजि कलेजको संचालक भएको र अन्य बिश्वबिद्धालय र बिश्वबिद्धालय बाट सम्बन्ध लिएका कलेज तथा विद्यार्थीमा विभेद गर्ने गरेको ।
८. पदिय दुरुपयोग गरि निज बाबुराम हुमागाइको मुख्य लगानी भएको Central instituite of science and technology मा आवश्यक पुर्वाधार नपुर्याइ m.pharm लिन अनुचित हर्कत गरेको।
९. आर्थिक सामिजिक र शैक्षिक क्षेत्रमा नैतिक चारित्री रूपमा पतित तथा भ्रष्टिकृत भएको ।
प्रस्तुत बिषयमा निज बाबुराम हुमागाइ लाई अबिलम्ब फार्मेसी काउन्सिल छोड्न अल्टिमेटम दिदै गरेका सबै गल्ती सच्चाउन आग्रह गर्छौ। साथै फर्मासिष्ट दिवसको उपलक्ष्यमा सम्बन्धि सरोकारवाला सबैलाइ फर्मासिष्ट/अ.फर्मासिष्टको सेवा सुबिधालाई बैज्ञानिक ( उचित तथा सम्मानजनक पारिश्रमिक )बनाउन बिशेष अनुरोध गर्दछौ। फार्मेसी पेशा व्यवसाय माथी हुने सबै खाले अन्याय अत्याचार बिभेदका बिरुद्ध निर्मम्तापुर्वक लड्न बाध्य हुनेछौ। र 25 sep को यो बिशेष दिनमा जुन कुनै मुल्यमा फार्मेसी क्षेत्रका हक हित र अधिकार स्थापित गर्ने दृढ़ प्रतिबद्धता पनि ब्यक्त गर्दछौ।”