नेकपाका नेता अपहरणशैलीमा गिरफ्तार

२०७४ आश्विन १९ गते, बिहीबार

काठमाडौं, १८ असोज । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी सुनसरीका दुई नेतालाई गिरफ्तार गरेको छ । जिल्ला सदस्य लक्ष्यमण कार्की र रमेश न्यौपानेलाई प्रहरीले इटहरीचोकबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले जानकारी दिए । कार्की इनरुवा नगरपालिकाका सेक्रेटरी समेत हुन् ।
जिल्ला इन्चार्ज श्रेष्ठले बिना कारण अाफ्ना नेताहरुलाई सादा पोशाकका प्रहरी अपहरणशैलीमा गिरफ्तार गरेको बताउँदै तत्काल रिहा गर्न माग गरेका छन् । प्रहरी प्रशासनले गिरफ्तारी र धरपकड नरोके कडा संघर्षका कार्यक्रमसहित अान्दोलनमा जाने चेतावनी समेत इन्चार्ज श्रेष्ठले दिए ।
बुधबार दिउँसो ३ बजेतिर गिरफ्तार नेताहरुलाई बराह नगरपालिकास्थित महेन्द्रनगर इलाका प्रहरी चौकीमा राखिए छ । अनाधिकृत नेपाल प्रवेश गरेको भारतीय सरकारी गाडीमाथि गरिएको तोडफोडमा संलग्‍न भएको अाशंका गिरफ्तार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]