गोपाल खड्कालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौ, २२ असोज । सर्वोच्च अदालतले सरकारबाट बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ। सर्वोच्चले खड्कालाई आफ्नो कुरा राख्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत हटाएको भन्दै अन्तरिम आदेश जारी गरेको हो। खड्कालाई गत असोज २ गते बसेको मन्त्रीपरिषदले पदमुक्त गरेको थियो।