नेकपाले चुनाव खारेज गर्दै जनसत्ता संचालन गर्ने

२०७४ आश्विन ३१ गते, मंगलवार

काठमाडौँ , ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव राजनैतिक प्रशिक्षण दिन थवाङ पुगेका छन् । पार्टीले निर्माण गरेको सहिद स्मृति हलमा प्रशिक्षण भएको राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले मंसिर १० र २१ गतेको संघ र प्रदेशको चुनावलाई शसक्त रुपमा खारेज गरी जनसत्ता संचालन गर्नु पर्ने बताए । स्थानीय चुनावमा भएको गल्तीलाई अात्मसमिक्षा गर्दै सून्य मतदान गर्न जनताको घरघरमा पुग्‍न समेत महासचिव विप्लवले नेताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा राप्ति ब्युरो ईन्चार्ज सुबास, नमुना बिभाग प्रमुख बिजय, महाकाली ब्युरो इन्चार्ज असिना, उत्पादन तथा सहकारि बिभागका ईन्चार्ज छिरिङ, थबाङ गाउँका कम्युनिस्ट गुरु तथा पूर्व संसद बर्माण बुढामगर र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दिनेसबिक्रम चन्दसहितका थवाङी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]