नेकपाद्वारा ब्यूरो इन्चार्ज नविनलाई पार्टीवाट निश्काशन

काठमाडौं , ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीले कोशी ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ लाई निश्काशन गरेको छ । पार्टी नीति विपरितका गतिविधि गरेको भन्दै कारवाही गरेको पोलिट्ब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ले बताए । ‘विगत केही समयदेखि पार्टीको काम जानुको साटो काठमाडौं र पूर्वका विभिन्न ठाउँहरुमा पार्टीविरुद्ध गतिविधि गरेका कारण कारवाही गरिएको हो’ जीवन्तले भने । पार्टीको केन्द्रीय सदस्य समेत रहेका नविनलाई निश्काशन गरेको नेकपाले जनाएको छ ।