झकबहादुर मल्ल ‘सुदिप’ नेकपावाट निकालिए

२०७४ कार्तिक २ गते, बिहीबार

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदिप’लाई पार्टीवाट निश्काशन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको पुस्टि गरेका हुन । प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदिप’ पछिल्लो चरणमा ब्यक्तिगत आर्थिक आर्जनकालागि पार्टीको शक्ति दुरुपयोग गर्दै मानिसलाई अपहरण गरी नियन्त्रणमा लिने र रकम असुली गर्ने जस्ता गम्भीर अपराधमा संलग्न देखिएपछि उनलाई गत केन्द्रीय समितिको वैठकबाट एक तहको कारबाही गरिसकिएको उल्लेख छ ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – ” केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदिप’ बारे नेकपाको प्रेस वक्तव्य – झकबहादुर मल्ल ‘सुदिप’ ले आफ्नो फेसबुक स्टाटसमा पार्टी परित्याग गरेकोबारे पार्टीको धारणा स्पष्ट पार्न यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ । केन्द्रीय सदस्य रहेका सुदिपमा लामो समयदेखि राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक अराजकता साथै अनुशासनहीनता देखा पर्दै आएको थियो । पछिल्लो चरणमा ब्यक्तिगत आर्थिक आर्जनकालागि पार्टीको शक्ति दुरुपयोग गर्दै मानिसलाई अपहरण गरी नियन्त्रणमा लिने र रकम असुली गर्ने जस्ता गम्भीर अपराधमा संलग्न देखिएपछि उनलाई गत केन्द्रीय समितिको वैठकबाट एक तहको कार्वाही गरिसकिएको थियो । यो कुरा सर्वविदितै छ । यसै बीचमा सुदिपले राजीनामा पेस गरेका थिए । या त गल्तीहरूलाई आत्मसाथ गरी रुपान्तरण हुनुपर्ने या त राजीनामा स्वीकृति गरी पार्टीबाट निष्काशन गरिने विषयमा पार्टी मुख्यालयसँग छलफल चलिरहेकै थियो । यस्तो अवस्थामा आफ्ना गम्भीर प्रकृतिका अपराध सच्याउँनुको साटो कार्वाहीमा परिसकेपछि पार्टी परित्याग गर्नु एउटा नाटक मात्र हो । अतः निज झकबहादुर मल्ल ‘सुदिप’लाई पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्य पनि नरहने गरी निष्काशन गरिएकोछ ।”

प्रतिक्रियाहरु

[anycomment]