१९ औं विश्व युवा तथा विद्यार्थी सम्मेलन सम्पन्न

काठमाडौँ , ५ कात्तिक । १८३ देशका २५००० वामपन्थी युवा तथा विद्यार्थीहरुको सम्मेलन रुसको सोची शहरमा २१ अक्टोबरका दिन सम्पन्न भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त कार्यक्रमको समापन गरेक हुन । विश्वका १८३ देशका २५००० युवा तथा विद्यार्थीहरुले सम्मेलनमा सहभागीता जनाएका थिए । सन १९५७ देखि सुरु भएको यो कार्यक्रम विभिन्न वामपन्थी देशहरुमा आयोजना हुदै आएको छ । यस वर्षको कार्यक्रमको नारा ” हाम्रो ईतिहासलाई सम्मान गर्दै र भविष्य वनाऊछौ , शान्ति, एकता र सामाजिक न्यायका लागि हामी सामार्ज्यवाद विरुद्ध संघर्ष गर्छौ ” भन्ने रहेको थियो। अक्टोबर १४ मा रुसको राजधानी मस्कोमा सुरु भएको सम्मेलन २१ अक्टोबरमा व्ल्याक सि को तटमा रहेको शहर सोचीमा समापन भएको हो । कार्यक्रममा विभिन्न देशका कम्युनिष्ट आन्दोलन, समाजवादी सत्ता र साम्राज्यवादले विश्वभर हस्तक्षेपको वारेमा प्रदशनिहरू राखिएका थिए । सम्मेलनमा राजनीति, कला संस्कृति, विज्ञान तथा प्रविधि, विकास लगायतका विषयमा छलफल तथा गोष्ठीहरु आयोजना गरिएको थियो। करिव ५००० जना संयमसेवक हरु परिचालन गरिएको सम्मेलन अहिलेसम्मकै उत्कृष्ट रहेको वताईएको छ । ८ दिन चलेको कार्यक्रममा चिन, क्युवा, उत्तर कोरिया, भेनेजुएला, चिली, अर्जेन्टिना, नाइजेरिया, ईराक, लेवनान, प्यालेस्टाइन, नेपाल लगायत देशहरु सहभागिता रहेको थियो ।