नेकपाद्वारा विशाल जनसभाको आयोजना

२०७४ कार्तिक ७ गते, मंगलवार

काठमाडौँ , ७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले भोलि कात्तिक ८ गते काठमाडौँको खुल्लामन्चमा विशाल जनसभाको आयोजना गर्ने बताएको छ । अक्टोबर क्रान्तिको सतवार्षिकीको अवसरमा सो जनसभाको आयोजना गरिएको नेकपाका प्रवक्ता प्रकाण्डले जनाएका छन । अक्टोबर क्रान्तिका दिन क्रान्ति र जनतालाई एकाकार गरेर जिवन्त रुपमा मनाउन सो सभा आयोजना गरिएको उनले बताए ।
सभालाई पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड लगायतका शिर्षथ नेताले सम्बोधन गर्ने बताइएको छ । महासचिव विप्लवले चुनाव खारेज अभियान, पार्टीका आगामी रणनीति र विकशित राजनीतिकबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपाले जनाएको छ ।
सभाको पूर्वसन्ध्यामा काठमाडौँको बबरमहल, लैनचौर र कालीमाटीबाट जुलुश निस्कने बताइएको छ । सो जुलुस खुल्लामंचमा पुगेपछि दिउसो १ बजेवाट सभा सुरु हुने बताइएको छ

प्रतिक्रियाहरु

[anycomment]