अक्टोवर क्रान्तिको शतवार्षिकीका अवसरमा बिशाल जनसभाको आयोजना

२०७४ कार्तिक ७ गते, मंगलवार

काठमाडौं , ७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले महान अक्टोवर क्रान्तिको शतवार्षिकीका अवसरमा भोली काठमाण्डौमा बिशाल जनसभा तथा जनप्रदर्शनको आयोजना गरेको छ । महान अक्टोवर क्रान्ति जिन्दावाद , कथित संसदीय निर्वाचन खारेज गरौ , सम्पूर्ण क्रान्तिकारीहरु एक हौँ , भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गर , शान्ति सम्बृद्धि , स्वाधिनताका लागी बैज्ञानिक समाजवाद जस्ता नाराका साथ भोली गर्न लागिएको जनसभा तथा जनप्रदर्शनमा देशभरबाट हजारौ सङख्यामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता रहने छ ।
काठमाण्डौको खुल्ला मञ्चमा दिउँसो १ बजे हुने जनसभामा पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहितका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ । जनसभा सुरु हुनुपूर्व मध्यान्ह १२ बजे उपत्यकाको ६ स्थानबाट एकै साथ पार्टीका शिर्ष नेताहरुको सहभागीतामा र्याली निकालिने प्रवत्ता प्रकाण्डले जानकारी दिए । जसअनुसार बबरमहल , कुपण्डोल ,कालिमाटि , लैनचौर बागबजार , भृकुटिमण्डप र सुन्धाराबाट र्याली निस्कनेछ ।
बबरमहलबाट निश्कने भक्तपुर ,पूर्वी ताम्सालिङ ,जनकपुर र पूर्वी ब्युरोको र्यालीको पोलिटब्युरो सदस्य पदम राई तथा केन्द्रिय सल्लाहकार समितिका सचिव चिबहादुर आले पवनले नेतृत्व गर्ने बताइएको छ ।
यस्तै ललितपुर व्युरोको स्थाई समिति सदस्य सन्तोश बुढा (विषम) , केन्द्रिय सदस्य पुरुषोत्तम बिष्ट (उत्तम)र केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नविन बिक सहितका नेताहरुको नेतृत्वमा कुपण्डोलबाट र्यालि निस्कने छ भने पश्चिम ताम्सालिङ र नारायणीको पोलिटब्युरो सदस्यद्धय उमा भुजेल (शिलु) र कृष्ण प्रसाद धमला (गम्भिर) को नेतृत्वमा कालिमाटिबाट र्यालि निस्कने नेकपाले जनाएको छ ।
लुम्बीनि ,धवलागिरि ,गण्डक ,पश्चिम र काठमाण्डौ ब्यरोको लैनचौरबाट निस्कने र्यालीको नेतृत्व स्थाई समिति सदस्य असारे काका , पोलिटब्युरो सदस्य ओम पुन र पोलिटब्युरो सदस्य चन्द्र बहादुर चन्द (विरजङ )ले गर्ने छन ।
बागबजारबाट जबस मोर्चाको पोलिटब्युरो सदस्य मोहन कार्की (जिवन्त) सहितका जनबर्गिय संगठनका नेताहरुको नेतृत्वमा र्याली निस्कनेछ भने भृकुटिमण्डबाट निस्कने गणतान्त्रिक मञ्को र्यालीको पोलिटब्युरो सदस्य भरत बम र बैकल्पीक केन्द्रिय सदस्य मकर गुरुङको नेतृत्वमा र्याली निस्कनेछ ।
कुपण्डोल र कालिमाटिको जुलुस त्रिपुरेश्वर र सबै ब्युरोको जुलुस सन्धारा पुगेर एकै ठाउमा केन्द्रित भई दुई वटा जुलुस एकैसाथ खुल्लामञ्च प्रवेश गर्ने आयोजकले जनाएको छ । सुन्धाराबाट निस्कने जुलुसको नेतृत्व भने पार्टी महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको नेतृत्वमा रहनेछ ।
यसैबीच भोलीको कार्यक्रममा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ता काठमाण्डौ आउने क्रम सुरु भएको छ । देशभरका सबै जिल्लाहरुबाट नेता तथा कार्यकर्ता ‘अक्टोवर क्रान्ति सतवार्षिकी समारोह’मा सहभागीताका लागी काठमाण्डौ आउदैँ छन् । भोली काठमाण्डौको खुल्ला मञ्चमा आयोजना हुने विशाल जनसभामा उपत्यका सहित सबै जिल्लाबाट आएका नेकपाका नेता कार्यकर्ता सुभचिन्तक , सर्वसाधरण गरी हजारौको सङख्यामा सहभागीता रहने नेकपाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]