‘नेकपाबिरुद्ध दुश्प्रयास गर्नेको टाउको जनताले गिडेर टुँडीखेलमा ल्याउछ्न ‘

काठमाडौं , ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीलाई दमनबाट सिध्याउन दुश्साहस गर्नेको टाउको जनताले गिडेर टुंडीखेलमा ल्याउने चेतावनी दिएका छन् । नेकपाद्धारा आज राजधानीमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा आयोजित कार्यक्रमलाई उद्घोषण गर्ने क्रममा प्रवक्ता प्रकाण्डले उक्त उदघोष गरेका हुन् । साथै प्रवक्ता प्रकाण्डले बर्तमान सरकार र प्रधानमन्त्रि शेरबहादुर देउवालाई आफ्नो पार्टीलाई दमनद्धारा पराजित गर्ने दुश्प्रयास नगर्न आग्रह समेत गरे । ‘हिजो जनयुद्धमा जाँदा हामीलाई तीन महिनाभित्र सिध्याउछौं भन्ने देउवाजी हो, तर हामीलाई सिध्याउन सक्नु भएन ।’ भन्दै प्रकाण्डले अगाडी भने- ‘तपाई नै हो हाम्रो टाउकोको मूल्य तोक्ने तर सक्नु भएन । त्यसैले अब त्यस्तो दुस्प्रयास नगर्नु होला ।