बालकृष्णको गिरफ्तारीविरुद्ध प्रदर्शन हुदै

२०७४ कार्तिक १६ गते, बिहीबार

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालिन मुद्दामा पूर्वसभासद् बालकृष्ण ढुंगेलको गिरफ्तारीविरुद्ध प्रदर्शन गर्ने भएको छ । अाज दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको नेतृत्वमा हुने प्रदर्शनमा सहभागिताको लागि परिवर्तनकारी पक्षसँग नेकपाले अपील समेत गरेको छ ।
ढुंगेलको गिरफ्तारी लगत्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर झुठा मुद्दा तत्काल खारेज गरी रिहा गर्न चेतावनी दिएका थिए ।
महासचिव विप्लवले गिरफ्तारीले जनयुद्धको नेतृत्व गर्ने नेता, कार्यकर्ता र जनयुद्धलाई साथ दिने श्रमिक जनतालाई आक्रोशित तुल्याएको भन्दै ढुंगेललाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]