भ्रमपूर्ण समाचारप्रति आपत्ति

२०७४ कार्तिक १६ गते, बिहीबार

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठनले खोटाङमा ‘वाम गठबन्धन’लाई चुनावमा सघाउने भन्नेबारे मिडियामा आएको समाचारको खण्डन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले ‘वाम गठबन्धन’लाई चुनावमा सघाउने निर्णय गरेको भनी प्रचार–प्रसारमा आएको समाचार झुठा भएको बताउँदै आपत्ति जनाएको हो ।
संगठनका केन्द्रीय अध्यक्ष लालबहाद्ुर बिसीले संगठनले कुनैपनि तह वा प्रकारको चुनावलाई सहयोग गर्ने नीति नरहेको र यो नीतिविपरीत कुनै जिल्ला संगठनहरुले निर्णय नलिएको बताए ।
‘दलाल संसदीय व्यवस्थाले आयोजना गर्ने जुनसुकै किसिमको चुनाव खारेज गर्ने नेकपाको नीतिलाई कडाई लागू गर्ने र खारेजी अभियानलाई प्रवाहको रुपमा देशभर कार्यान्वयन गराउन सिंगो शिक्षक लागिरहेको छ’ अध्यक्ष बिसीले भने , ‘कसैले चुनावलाई सघाउ पुग्ने गतिविधि गरेमा छानबिन गरी दोषीलाई कारवाही गरिन्छ ।’ ‘
कथित संसदवादीहरुले आयोजना गर्ने निर्वाचनमा खारेजीको पक्षमा दृढ र प्रतिवद्धतासहित लामबद्ध भएका छौं । त्यसकारण झुठा समाचारको भ्रममा नपर्न र हल्लाप्रति सजग रहन सबैमा अपिल गर्दछौं’ बिसीले भने ।
जनताको साथमा रहेर परिवर्तन र समृद्धिका लागि समर्पित क्रान्तिकारी संगठन र पार्टी छाडेर भागेका भगौडाहरुहरुले झुठा समाचारको खेति गरेको हुनसक्ने भन्दै बिसिले सचेतता अपनाउन समेत सबैसँग अपिल गरे ।
केही दिनयता बिभिन्न संचारमाध्यमहरुबाट शिक्षक संगठनका केही जिल्ला कमिटीले चुनावमा ‘वाम गठबन्धनलाई सहयोग गर्ने’ भनी समाचारहरु सार्वजनिक भइरहेको सन्दर्भमा अध्यक्ष बिसीको यो भनाई आएको हो ।

प्रतिक्रियाहरु

[anycomment]