‘बालकृष्णविरुद्ध फैसला गर्ने न्यायाधीशलाई जनकारवाही’

२०७४ कार्तिक १८ गते, शनिबार

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले बालकृष्ण ढुंगेललाई जेल हाल्ने फैसला गर्ने सर्वोच्चका न्यायाधीशलाई जनअदालतले जेल हाल्ने बताएका छन् । उनले जनअदालतको निर्णयअनुसार जनकारवाही गरिने बताएका छन् । पुनले बालकृष्णलाई सर्वस्वसहित आजीवन जेल सजाय तोक्ने सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालालाई एक दिन जनअदालतले जेल हाल्ने दाबी गरेका छन् । त्यसैगरी अपहेलना सम्बन्धी मुद्धा हाल्ने दिनेश त्रिपाठीलाई जनकारी गर्ने घोषणा समेत गरेका छन् ।
“बालकृष्ण ढुङगेललाई जेल हाल्ने फैसला गर्ने सर्वोच्च अदालका भ्रष्ट न्यायाधीश तपबहादुर मगर र राजेन्द्र प्रसाद कोईरालालाई एक दिन जनअदालतले जेल हाल्ने छ । काँग्रेसी वकिल दिनेश त्रिपाठीलाई जनकारबाही गरिनेछ जो आईएनजीओका डलरवादी हुन्” पुनले सामाजिक संजालमा भनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]