महराको घरमा कालो झण्डा !

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियानलाई तीव्रतामा लगेको छ । यसैक्रममा नेकपाका कार्यकर्ताहरुले दाङको घोराहीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा झुण्डाएका छन् । महराको घरको मुख्यगेटको अगाडि नेकपा कार्यकर्ताहरुले आज गएराति सो झण्डा झुन्डाएका हुन् । यसैगरी नेकपा दाङले नेपाली कांग्रेसका नेता दीपक गिरिको घरमा पनि सोमबार राती नै कालो झण्डा गाडिदिएका छन् ।