नेकपाका नेता कार्यकर्तामाथि गिरफ्तारी र धरपकड

२०७४ कार्तिक २३ गते, बिहीबार

काठमाडौं, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि प्रहरी प्रशासनले गिरफ्तारी तथा धरपकड सुरु गरेको छ । रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको कामको सिलसिला बुधबार दिउँसो विना कारण गिरफ्तार गरेको नेकपा रोल्पाले बताएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सुराकी तथा निर्देशनमा सेक्रेटरी प्रयासलाई गिरफ्तार गरिएको नेकपा रोल्पाले जनाएको छ । सेक्रेटरी सुवेदी माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदीका छोरा हुन् । त्यसैगरी बुधबार नै रुकुमबाट राप्ती ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई सदरमुकाम मुसिकोट गिरफ्तार गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]