नेकपाका कार्यकर्तामाथि निगरानी

२०७४ कार्तिक २३ गते, बिहीबार

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता मात्रै नभएर समर्थकलाई पनि समात्न निर्देशन दिएको छ । चुनाव खारेजि अभियानमा रहेको नेकपाका गतिबिधिबाट अतालिएको सरकारले पार्टीका समर्थकलाई समेत नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको हो । गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिइएको बताए । ‘निर्वाचन बिथोल्ने प्रयास गर्ने जोसुकै हुन, तत्काल पक्राउ गरी कारबाही गछौुं,एक सन्चारमाध्यमसँग कुरा गर्दै प्रवक्ता दुवाडीले भने ।
अघिल्लो बिहीबार जंगी अड्डामा बसेको निर्वाचनलक्षित पृतनापतिहरूको बैठकले समेत जनस्तरबाटै विप्लव र उनका कार्यकर्ता बहिष्कृत भइसकेकाले उनीहरू निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको थियो । त्यसअघि गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले पनि नेकपाले आफ्नो उपस्थिति जनाउन उम्मेदवारलाई धम्क्याउने, चन्दा असुली गर्ने गतिविधि गरे पनि उनीहरूसँग निर्वाचन बिथोल्ने सामथ्र्य नभएको निष्कर्ष निकालेको थियो । अघिल्लो स्थानीय तहको निर्वाचन पनि खारेज गरेको नेकपाले आसन्न मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पनि खारेजीको घोषणा यसअघि नै गरेको थियो । सो पार्टीले अहिले उक्त अभियान अन्तरगत उम्मेदावारी फिर्ता गर्न आग्रह गर्ने , नमान्ने उम्मेदवारको घरमा सांङकेतिक कार्वाहिस्वरुप घरमा कालो झण्डा गाड्ने , संगठन सुदृढिकरण , बिस्तार ,प्रशिक्षण तगायतका गतिबिधीलाई तिब्रता दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]