एकोहाेराे दमन गरे बम र बारुद मार्फत जवाफ दिने चेतावनी

२०७४ कार्तिक २६ गते, आईतवार

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले सरकारले यहि प्रकारले राज्यअातंक मच्चाउने हाे र एकहाेराे दमन संचालन गर्ने हाे भने यसकाे जवाफ बम बारुद मार्फत नै दिन बाध्य हुने बताएका छन । उनले यसले कथित चुनाव घाेषित गृहयुद्धमा परिणत हुने र त्यसको जिम्मेवार स्वयं संसदवादी दलहरू हुनुपर्ने चेतावनी समेत दिएका छन । पुनले सामाजिक संजालमा भनेका छन्- “कथित लाेकतन्त्रकाे नाममा दलाल राज्यको पुलिस प्रशासनले हाम्रो पार्टीका नेता कार्यकर्तालाई जथाभावी गिरफ्तार गरेको घट्नाले हामीलाई निकै गम्भीर बनाएकाे छ । दलाल राज्यको दलाली गर्ने र अाफ्नाे जागिर बचाउने नाममा गृह प्रशासनले कुनै घटना बिशेष नभई हाम्रा नेता कार्यकर्तालाई घरमा,अस्पतालमा र खेतवारिमा गएर गिरफ्तारी गर्नु कथित लाेकतन्त्रकै उपहास हाे । याे बिषयमा मानवअधिकार कर्मि र सञ्चारकर्मी ले पनि अनुगमन गर्न र अाफ्ना धारणा सर्सार्वजनिक गर्न अपिल गर्दछाै । यदि हाम्रा शान्तिपुर्ण अावाजमाथि जवर्जस्त दमन गर्ने र दलाल संसदवादिहरुले यसैलाई लाेकतन्त्र देख्ने हाे भने याे कुरा हामी र हाम्राे पार्टिलाई स्विकार्य छैन । यदि यहि प्रकारले राज्यअातंक मच्चाउने हाे र एकहाेराे दमन संचालन गर्ने हाे भने हामी पनि यसकाे जवाफ बम बारुद मार्फत नै दिन बाध्य हुने छाै । यसले कथित चुनाव घाेषित गृहयुद्धमा परिणत हुने छ र त्यसको जिम्मेवार स्वयं संसदवादी दलहरू हुनुपर्ने छ । यसमा जनताले नअात्तीकन साथ दिन र नेपाल कम्युनिस्ट पार्टीका सबै तहका नेता कार्कर्ताहरु उच्च मनाेबलका साथ कथित चुनाव खारेजी अभियानमा दृढतापुर्वक लाग्न हार्दिक अपिल छ । याे राजनैतिक लडाईमा काेहि पनि कर्मचारी, सुरक्षाकर्मि र अन्य पक्ष पुर्वाग्रहि नहुन पनि अाग्रह गर्दछाै ।”

प्रतिक्रियाहरु

[anycomment]