नेकपाका कार्यकर्ता बिनाकारण पक्राउ

२०७४ कार्तिक २७ गते, सोमबार

काठमाडौं, २७ कात्तिक । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको घरघरमा छापा मार्ने र गिरफ्तार गर्ने कार्य तिब्र परेको गरेको छ । यसैक्रममा ताप्लेजुङ हाङपाङबाट नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युराे सदस्य सकल लिम्बु, िजल्ला सचिबालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढाेलीलाई प्रहरीले बिनाकारण गिरफतार गरेको छ । यसैगरी जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयम सेवकका जिल्ला काेषाध्यक्ष पुर्ण थलङलाई समेत प्रहरीले बिनाकारण गिरफ्तार गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]