नेकपाका जिल्ला सेक्रेटरी कोइरालासहित तीन जना पक्राउ

काठमाडौं, २७ कात्तिक । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी लमजुङ्गका जिल्ला सेक्रेटरी सन्तोष कोइरालालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा पार्टी जिल्ला सदस्य टेकतारा र गोविन्द रहेका छन । उनीहरुलाई लम्जुंगका विभिन्न स्थानहरुबाट पक्राउ गरिएको छ । टेकतारा हालसालै मात्र गठन भएको तमुवान स्वायत्त जनसरकार प्रमुख हुन् ।