सम्पादक महर्जन गिरफ्तार

काठमाडौं, २९ कात्तिक । प्रहरीले नेपाल भाषाको पत्रिका ‘निहिगु जोज्वोलपा’का प्रधान सम्पादक जितेन्द्र महर्जनलाई गिरफ्तार गरेको छ । मंगलबार साँझ ६ बजे काठमाडौंको किर्तिपुरस्थित घरबाटै प्रहरीले गरिफ्तार गरेको हो । चुनाव नजिकै गर्दा सरकारले देशभरबाट समाचार लेखेकै कारण पत्रकारहरुलाई गिरफ्तार गरिरहेको छ । महर्जनलाई कालिमाटीस्थित महानगरिय प्रहरी बृतमा राखिएको छ ।