प्रहरीको ज्यादती मध्यारातमा खानतलासी

२०७४ मंसिर १ गते, शुक्रबार

काठमाडौ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा प्रहरीले मध्यरातमा खानतलासि गरेको छ । नेकपा मोरङ जिल्ला कमिटि सदस्य दिपक राईको घरमा प्रहरीले मध्यरातमा खानतलासि गरेको हो । केराबारी गाउपालीका स्थित घरमा खानतलासी पछि परिवारलाई मानसिक यातना दिएर प्रहरीले राइको नागरिकता , बिलकुक लगायतका सम्पूर्ण कागजपत्र लगेर परिवारले जनाएको छ । घरमा खानतलासि गर्दा राईलाई नभेटेपछि प्रहरीले परिवारलाई पक्राउ प्रकाउ पूर्जी दिएर गएको छ । उक्त घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी आपति जनाएको छ । नेकपा मोरङका सेक्रेटरी उदय राइले निर्दाेष कायर्कतार्काे पक्राउ गर्ने तथा मध्यरातमा नेता कार्यकर्ताको घरमा पसेर खानतलासि गर्ने ,परिवारलाई धम्क्याउने , मानसिक यातना दिने जस्ता कार्य नगर्न चेतावनी दिएका छन ।
यसैगरी , प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कैलाली इन्चार्ज रामबहादुर चौधरी ‘माहान’लाई गिरफ्तार गरेको छ । हिजो साँझ ७ बजे हसुलियाबाट गिरफ्तार गरेको हो । स्थानीयको घरमा चौधरीसँगै प्रहरीले सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर दुई नेतालाई गिरफ्तार गरेको सेती ब्युरो कार्यालय सचिव डबलबहादुर शाहले जानकारी दिए । प्रहरी घरमा प्रवेश गर्दा स्थानीयले प्रतिकार गरेका थिए । प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा घाइते भएका छन् ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र कैलाली अध्यक्ष तपेन्द्र रसाइलीलाई प्रहरीले गिरफ्तार गरिको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा सुरक्षा निकायलाई नेकपा नेता–कार्यकर्तालाई गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले गिरफ्तार र धरपकड बढाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]