देउवाजी , प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिनै पर्ने हो ?

काठमाडौ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका सेती ब्यूरो सदस्य शंकरबहादुर खड्का ‘शिकन्दर’ले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका छन् । खड्काले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम भ्रमणको क्रममा दिएको निर्देशनअनुसार पार्टीका नेता–कार्यकर्ता तथा समर्थक, शुभचिन्तका घरमा धरपकड बढाएको भन्दै तत्काल रोक्न माग गरेका छन् ।
“प्रधानमन्त्री शेरबहादुर देउवाको कथित सुदूरपश्चि भ्रमणको अबसरमा दिएको ढाडो निर्देशनअनुसार हाम्रो पार्टीका कैलाली इन्चार्ज तथा सेती ब्यूरो सदस्य महान, प्रकाश मल्ल, मिनराज गिरी र जिल्ला सदस्य ध्रुबलगायत नेता कार्यकर्ताहरुलाई यही कात्तिक ३० कात्तिक कैलालीका विभिन्न स्थानबाट गिरफ्तार गरिएको छ” शिकन्दरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले जनयुद्धको झल्को दिने गरी प्रहरी घरघरमा प्रवेश गरी छापा मार्ने र गिरफ्तार गर्ने गरेको भन्दै खेद प्रकट गरेका छन् ।
इन्चार्ज शिकन्दरले गिरफ्तार नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । जारी धरपकड नरोकिए र गिरफ्तार गरिएको नेताहरुलाई रिहा नगरे प्रतिरोधमा उत्रन कार्यकर्ता र जनतालाई दिर्नेशन दिन बाध्य हुने चेतावनी समेत इन्चार्ज खड्काले दिएका छन् ।
यसैबीच भरखरै प्राप्त समाचार अनुसार बाजुराबाट नेकपाकी नेतृ पबित्रा बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार विहान गिरफ्तार गरेको नेकपाको सेती ब्यूरो कार्यालय सचिव डबलबहादुर शाहले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिए ।
हिजोमध्य राति कैलालीकै लम्कीस्थित घरमा प्रवेश गरी प्रहरीले नेकपाको जिल्ला सदस्य ध्रुब सन्ज्याललाई गिरफ्तार गरेको थियो । प्रहरीले सन्ज्यालकी श्रीमती पार्बत र छोरी नविनालाई कुटपिट समेत गरेको थियो ।