प्रगतिशील लेखक संघका उपाध्यक्ष थपलिया गिरफ्तार

२०७४ मंसिर २ गते, शनिबार

काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघ ‘प्रलेस’का उपाध्यक्ष खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । सबै प्रगतिशील लेखकहरुको साझा संस्था प्रलेसका उपाध्यक्ष थपलियालाई शुक्रबार दिउँसो प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव समेत रहेका थपलियाको रिहाईको लागि प्रगतिशील लेखकहरुले माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]