‘ प्रतिकार गर्न बाध्य नपारियोस ‘

काठमाण्डौ , २ मंसिर । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष अाेम प्रकाश पुनले राज्यले यही प्रकारकाे दमन गर्दै जाने हाे भने सुकुम्बासी संघ त्यसको शसक्त प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका छन । उनले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै उत्पिडित बर्ग, जाती र समुदायका अधिकारीलाई कुण्ठित गर्ने गरि करिब ८० अरब भन्दा बढी खर्च गरि गर्न लागिएको याे कथित चुनाव देश र जनताकाे हित बिपरित भएको ठोकुवा गरेका छन । साथै उनले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा भैरहेको चुनाव खारेजि अभियानमा एक्यबद्धता जाहेर गर्दै चुनावमा फर भाेट र नाे भाेट गर्न पाउने जनताको अधिकारलाई दलालहरुले कुण्ठित गरि बिनाकारण आफ्नो संगठनका जिम्मेवार नेता कार्यकर्ता र समान्य जनतालाई जताभाबि गिरफ्तार गर्नु घाेर निन्दनिय कार्य भएको बताएका छन । अध्यक्ष पुनले गिरफ्तारमा परेका सबैलाई तत्काल बिनासर्त रिहाई गर्न जाेडदार माग समेत गरेका छन ।
यस बिषयमा अध्यक्ष अाेम प्र पुनले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ – “दलाल संसदीय ब्यवस्थाका मतियारहरुले कथित चुनाव सफल सफल गर्ने र कथित शान्ति सुरक्षा कायम गर्ने बहानामा हाम्रो गाैरवशाली संगठन अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी लगायतलाई कैलालीबाट र केन्द्रीय सचिव राजु भुजेल लगाएत अाठ जनालाई कास्किबाट गिरफ्तार गरेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उत्पिडित बर्ग, जाती र समुदायका अधिकारीलाई कुण्ठित गर्ने गरि करिब ८० अरब भन्दा बढी खर्च गरि गर्न लागिएको याे कथित चुनाव देश र जनताकाे हित बिपरित भएकोले हाम्रो संगठन यसको पुर्ण खारेजिमा जाेड दिन्छ र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा भैरहेको चुनाव खारेजि अभियानमा एक्यबद्धता जाहेर गर्दछ तर चुनावमा फर भाेट र नाे भाेट गर्न पाउने जनताको अधिकारलाई दलालहरुले कुण्ठित गरि बिनाकारण हाम्रो संगठनका जिम्मेवार नेता कार्यकर्ता र समान्य जनतालाई जताभाबि गिरफ्तार गर्नु घाेर निन्दनिय कार्य भएकोले हाम्रा गिरफ्तार साथिहरुलाई तत्काल बिनासर्त रिहाई गर्न जाेडदार माग गर्दछाै । साथै यदि राज्यले यही प्रकारकाे दमन गर्दै जाने हाे भने हामी त्यसको शसक्त प्रतिकार गर्न बाध्य हुनेछाै । त्यसको साथै राज्यको फाँसिवादी दमनका बिरुद्ध सम्पूर्ण भूमिहीन सुकम्वासीहरु एकताबद्ध भएरै लड्न हार्दिक अपिल गर्दछाै ।”