शरतसिंहको घरमा बम विस्फोट

काठमाडौ, ९ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरमा बम विस्फोट भएको छ । आज विहान भण्डारीको महोत्तरीको औरही नगरपालिका २ स्थित पुख्र्यौली घरको अगाडि बम विस्फोट भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ