गुल्मीमा बम विष्फोट

काठमाडौं, ११ मंसिर । गुल्मीमा बम विष्फोट भएको छ । नेपाली कांग्रेस गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जादै गर्दा अज्ञात समूहले वम प्रहार गरेको बताइएको छ । विस्फोटवाट नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का बाच्न सफल भएका छन् । मुसिकोट नगरपालिका वाड नं १ को नेटा को घुम्तिमा उक्त विस्फोट भएको हो । गुल्मीको दर्लिङमा चुनावी सभा गर्नको लागि जाँदैगर्दा माथिबाट फालिएको वम गाडीभन्दा ५ मिटर पछाडि खस्नाले दुवैजनाको ज्यान बस्न सफल भएको हो । भगत खड्काका अनुसार प्रहरीलाइ खवर गरिएको र प्रहरी आएपछि कार्यक्रम मा जाने बताए । प्रहरी उपरीक्षक अनुराग दुबेदिले चौकिबाट प्रहरी को टोलि घटनास्थलमा पठाइसकिएको बताए । नेपाली कांग्रेस गुल्मी ले घटनाको भत्सर्ना गरेको छ।