चुनावी सभा स्थलमा बम विस्फोट

काठमाडौ, १२ मंसिर । पूर्व चितवनको बिरेन्द्रनगरमा बम विस्फोट भएको छ । आज दिउसो नेकपा एमाले र माओवादी केन्द्रको चुनावी सभास्थल नजिकै सो बम विस्फोट भएको बताइएको छ । सभालाई चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीयका अनुसार सभा स्थल नजिकै बिस्फोटको ठूलो आवाज आएको तर क्षतिको विवरण यकिन हुन सकेको छैन ।
यसैगरी, नेकपा एमालेका नेता लालबाबु पण्डितको गाडीमा शाक्तिशाली बम बिष्फोट भएको छ । मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनका प्रतिनिधसभा सदस्य उम्मेदवार रहेका पण्डितको गाडीमाथि अज्ञात समुहले बिष्फोट गराएको हो । चुनावीसभालाई सम्बोधन गर्न जाँदै गर्दा बुढीगंगा गाउँपालिकाको टंकीसिनुवारी भन्ने ठाउँमा उनको गाडीमा बम बिष्फोट भएको हो । बिष्फोटबाट गाडीको पछाडीको पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाको पूर्ण विवरण आउन बाकीं !